धनगढी । प्रगतिशील लेखक सङ्घ (प्रलेस) कञ्चनपुरको छैटौँ जिल्ला सम्मेलन महेन्द्रनगरमा सम्पन्न भएको छ ।

२००९ सालमा स्थापना भएको प्रलेस कञ्चनपुरले २०५९ सालदेखि निरन्तर साहित्यिक गतिविधि सञ्चालन गर्दै आइरहेको छ । सम्मेलनले आगामी तीन वर्षका लागि अध्यक्ष प्रजापति नेगी निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा रितु कुँवर, सचिवमा प्रेम प्रकाश कलौनी, सहसचिवमा जनक कुँवर, कोषाध्यक्षमा नितेश भट्ट, सदस्यहरूमा चाँदनी भट्ट, विनोद जोशी, बबिता कार्की, चन्द्रप्रकाश पोखरेल निर्वाचित हुनुभएको छ ।

युवा पुस्ताका लेखकहरूको नेतृत्वमा गठित नयाँ कार्यसमितिले कञ्चनपुरको साहित्यिक गतिविधिलाई थप उचाइमा पुर्‍याउने विश्वास लिइएको छ। वार्षिक रूपमा साहित्यिक पत्रिका ‘अरुणोदय’ प्रकाशित गर्दै आएको प्रलेस कञ्चनपुर जिल्ला समिति साहित्यिक गतिविधिमा अग्रपंक्तिमा रहेको छ।

प्रलेस केन्द्रीय समितिका महासचिव डा. देवी क्षेत्री दुलालको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनको अध्यक्षता निवर्तमान जिल्ला अध्यक्ष धर्मानन्द भट्टले गर्नुभएको थियो भने सञ्चालन प्रेम प्रकाश कलौनीले गर्नुभएको थियो । कार्यक्रममा प्रलेस केन्द्रीय परिषद् सदस्य ईश्वर रिजाल, प्रलेस सुदूरपश्चिम अध्यक्ष रमेश पन्त मितबन्धु लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

ईश्वर रिजाल, नारायण लम्साल र सृजना श्री सम्मिलित निर्वाचन मण्डलले सर्वसम्मत रूपमा चयन गरेको नयाँ कार्यसमितिको विवरण यसप्रकार छ: