कपिल किशोर घिमिरेको कृति ‘तरङ्ग’ मुक्तकङ्ग्रह काठमाडौँमा लोकार्पण भएको छ । हामी र हाम्रो कृति समाजका अध्यक्ष मदनप्रसाद नेपालको अध्यक्षता तथा गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

समालोचक तथा इतिहासविद् प्रा.डा. गोविन्द मानसिंह कार्कीले कृतिको समीक्षा गर्नुभएको थियो ।

लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा विशिष्ट अतिथि रहेको कार्यक्रममा, हातेमालो साहित्य संगमका केन्द्रीय अध्यक्ष एवं मुक्तक अभियन्ता सुनिल अधिकारी, साहित्य पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, नेपाल मुक्तक प्रतिष्ठानका महासचिव यादव भट्टराई, साहित्यकार मधुसुदन पाण्डेय , साहित्यकार एवं सङगीतकार सन्तोष श्रेष्ठ तथा कृतिकारको जीवन संगिनी यमुना कुमारी घिमिरेज्यू लगायतले कृतिको लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन भुवन शिवाकोटी ‘चौघरे’ले गर्नुभएको थियो ।