
काठमाडौं । ग्राफिक्स डिजाइनर जयराम तिमल्सिनाको उपन्यास ‘धीमहि’ काठमाडौंमा लोकार्पण गरिएको छ। साहित्यकार भुवनहरि सिग्देलको सभापतित्वमा नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित एक भव्य समारोहमा तिमल्सिनाको पहिलो कृतिको विमोचन गरिएको हो ।
कार्यक्रममा बोल्दै साहित्यकार तथा समीक्षक प्रा.डा. ज्ञानु पाण्डेले ‘धीमहि’लाई विचारप्रधान उपन्यासको संज्ञा दिँदै यसमा जीवनका गहन दर्शनहरू समेटिएको उल्लेख गर्नुभयो ।
त्यस्तै, साहित्यकार तथा समीक्षक महेश पौड्यालले जयराम तिमल्सिनाको पहिलो उपन्यास भए तापनि ‘धीमहि’ शक्तिशाली र प्रभावशाली रहेको बताउनुभयो । उहाँले उपन्यासको कथानक, पात्र चित्रण र भाषा शैलीको प्रशंसा गर्नुभयो ।
कवि महेश कार्की क्षितिजले सञ्चालन गर्नुभएको कार्यक्रममा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
