काठमाडौं । साहित्यकार बद्रीप्रसाद ढकालले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ पुस्तक ‘साहित्यमा मृत्यु– चिन्तन’ सार्वजनिक गर्नुभएको छ ।

बागबजारमा आयोजित विमोचनमा प्रा.डा. सुरेन्द्र केसी, साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल, समीर नेपाल, शीतल गिरी, केशव पराजुली, लेखक ढकाल लगायतले पुस्तक लोकार्पण गर्नुभएको थियो ।

जन्मसँगै जोडिएर आउने मृत्युले मानिसलाई एक पल पनि नछोड्ने भएकोले यो विषयमा अनुसन्धानमूलक कृति लेख्ने हुटहुटीले यो पुस्तक जन्माएको ढकालले बताउनुभयो ।