
बैतडी । सहिद दिवसको अवसरमा बैतडी जिल्लामा साहित्य महोत्सव तथा काव्यगोष्ठी सम्पन्न भएको छ।
सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानका अध्यक्ष बिनोद बहादुर चन्दको सभापतित्वमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तमछालीको प्रमुख आतिथ्यता कार्यक्रम प्रारम्भ भएको थियो।
१९९७ सालको क्रान्तिका चार सहिद मध्ये दशरथ चन्दको जन्म घरमा कार्यक्रम आयोजना गरिएको थियो। नेपाल प्रहरी ,ससस्त्र प्रहरी बल,शिक्षक,कर्मचारी,विभिन्न विद्यालयका विद्यार्थी,साहित्यकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थितिमा प्रभातफेरी पछि सभामा रुपान्तरण भएको थियो। सहिद दशरथ चन्दको शालिकमा माल्यार्पण गर्दै ससस्त्र प्रहरी बल र नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो।
औपचारिक कार्यक्रममा विभिन्न वक्ताले आआफ्ना धारण प्रस्तुत गर्दै सहिद प्रती श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । कार्यक्रममा भानीदत्त बडु,कैलासकुमार पाण्डेय र बलदेव भट्टका कृतिको लोकार्पण गरिएको थियो।
सुदूरपश्चिमको कला साहित्यको महत्वपुर्ण विधा सकराम कार्कीको भडाँ प्रस्तुत गरिएको थियो। मानिन्छ। कुमाउनी कलाकारहरुले पनि आफ्ना प्रस्तुति पेश गर्नुभएको थियो भने विभिन्न विद्यालयका विद्यार्थीबाट देउडा प्रदर्शन गरिएको थियो। सुदूरपश्चिमको लोक साहित्य,नेपाली साहित्यमा सु प को योगदान ,सिमाक्षेत्रमा प्रभावित भाषा,साहित्य र संस्कृति बिषयमा छलफल गरिएको थियो।
सहिद दिवसकै साँझ जिल्ला समन्वय समितिको सभाहलमा आयोजित काव्य सभामा चौबीस जना स्रष्टाले आफ्ना रचना वाचन गर्नुभएको थियो । राष्ट्रियता संरक्षण अभियानले ब्यवस्थापन गरेको कार्यक्रममा दशरथ चन्द नगर पालिकाको सहयोग रहेको थियो।
कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा,दशरथ चन्द नगर पालिका प्रमुख पदमराज जोशी लख्खाभाई, सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापकहरु, सिक्किम,राजस्थान,इलाहवाद,पिथौरागढ,अल्मोडाका र देशका विभिन्न स्थानका साहित्यकार टेकराज पन्त,गजलकार श्रेष्ठप्रीया पत्थर,वीरबहादुर चन्द बिश्रामको सहभागीता रहेको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

