नेपाली कला, साहित्य र संगीतमा मोफसलमा सिर्जनात्मक र हस्तक्षेपकारी भूमिका खेल्ने उद्धेश्यसहित २०७१ सालमा ‘कलेज कविता अभियान’सुरु भयो । साविक राप्तीका युवा श्रष्टाहरूको यो अभियान २०७३ सालदेखि उदाहरण समूह, नेपालको नामले काम गर्दै आएको छ ।
‘गणतन्त्र र कविताहरू’, ‘५० नाघेका कवि र कविताहरू’, ‘चुल्हो नाघ्दै आगोका कविताहरू’, ‘भिडियोमा कविताहरू’, ‘झरी र केही कविताहरू’ लगायत दर्जन बढी वृहत् कार्यक्रम मात्र भएनन्, दाङमै पहिलोपटक ‘ब्ल्याक बक्स’ मा नाटक मञ्चन पनि यसै समूहको पहलमा भयो ।
दर्जन बढी एकल वाचन, पुस्तक समीक्षा, विमोचनका कार्यक्रम गर्दै आएको उदाहरण समूह नेपाल कला, साहित्य र संगीतमा मात्र सीमित नभई एक सामाजिक संस्थाको रूपमा सक्रिय छ ।
हाल करिब डेढ सयभन्दा बढी युवा यो अभियानमा प्रत्यक्ष रूपमा आबद्ध भई साहित्य, कला, संगीत, नाटक, नृत्य र सामाजिक कार्यलगायतका विभागमा काम गर्न सुरु गरेका छन् ।
दोस्रो दाङ लिटरेचर फेस्टिभल – २०७७
पश्चिम नेपालमै कला, साहित्य र संगीतले दाङ समृद्ध छ । थारुजातिको आदिभूमि दाङ अन्य समूदायको मौलिक लोकनृत्य र लोकसाहित्यको पनि संगम स्थल हो । स्थानीय कला, साहित्य र संगीतमा पछिल्लो समय देशभर जागरण देखा परेको छ ।
सोही सिलसिलामा गत वर्ष यस समूहले दाङ लिटरेचर मिनी फेस्टिभल आयोजना गर्यो । लामो समयदेखि मोफसल–काठमाडौंबीचमा रहेको (प्रत्यक्ष/अप्रत्यक्ष) भेदलाई केन्द्रमा राखेर परिकल्पना गरिएको पहिलो महोत्सव अत्यन्तै भव्य रुपमा सम्पन्न भयो ।
त्यही पहिलो वर्षको सफलताको खुड्किलो टेकेर नै हामीले दोस्रो साहित्य महोत्सव गर्ने र दोस्रो पटकमा ‘मिनी’ हटाएर वृहत् रूपमा अघि बढाउने योजना बनाएका थियौं । तर, कोरोना महामारीले समय सोचे जस्तो भइदिएन ।
कोरोना महामारीकै यही समयलाई नै पुनः सदुपयोग गर्दै भर्चुअल गर्ने निर्णमा पुग्यौं । कार्यक्रम असोज १, २, ३ गते हुँदैछ ।
३ दिनसम्म चल्ने महोत्सवमा करिब ३ दर्जन कवि, लेखक, पत्रकार, कलाकार, समालोचक, राजनीतिक व्यक्तिहरू फेस्टिभलमा सहभागी हुनेछन् । कार्यक्रम विभिन्न १० सत्रमा सम्पन्न हुने पनि यहाँहरूलाई सहर्ष जानकारी गराउन चाहन्छौं ।
विगतका कार्यक्रम गर्न यहाँहरूको भूमिका अतुलनीय छ । फेरि यसपटक हामीलाई उस्तै सहयोग मिल्ने छ भन्ने ‘मस्तै’ आशासहित यहाँहरू माझ उपस्थित भएका छौं ।
सेसनहरू
१.
हमार माटि, हमार कविटा, असोज १, बिहान ११ बजे
(थारु भाषा कविता विशेष, १० जना कविले मातृ भाषामा कविता वाचन गर्नेछन् । यसको संयोजन तथा सहजीकरण साहित्यकार छविलाल कोपिलाले गर्नेछन् ।)२.
पर्यटनमा दाङको अनुहार, असोज १, दिउँसो १ बजे
(दाङको पर्यटकीय क्षेत्रबारे घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, पर्यटनविद् डा गोविन्द आचार्य र जीतेन्द्रमान नेपालीले वक्ताको भूमिका निभाउनेछन् । उक्त सेसनको सहजीकरण नवीन शर्माले गर्नेछन् ।)३.
झण्डाको राजनीति, असोज १, दिउँसो ३ बजे(झण्डामाथि भइरहेको राजनीतिबारे प्राडा जगमान गुरुङ, भूपाल राईबीच बहस हुनेछ । सत्रको सहजीकरण गुरुङ सुशान्तले गर्नेछन् ।)
४.
सिनेमामा आदिवासी कथा, असोज २, बिहान ११ बजे(राप्ती क्षेत्र वरिपरिको सिनेमा कथाबारे छलफल हुनेछ । ११ बजेदेखि सुरु हुने सेसन ‘सिनेमामा आदिवासी कथा’ मा अनिल बुढा र छविलाल कोपिलाबीच छलफल हुनेछ । छलफलको सहजीकरण विष्णु सन्न्यासले गर्ने छन् ।)
५.
अक्षरमाथि भ्रष्टाचार, असोज २, दिउँसो १ बजे
(बुकहिल प्रकाशनका भूपेन्द्र खड्का, अक्षर प्रकाशनका अर्चना थापा, लेखक राजन मुकारुङबीच लेखक र प्रकाशकबारे कुराकानी हुनेछ । यसको सहजीकरण सञ्चारकर्मी मन क्षेत्रीले गर्नेछन् ।)६.
डायस्पोरा साहित्यभित्रको सकस, असोज २, दिउँसो ३ बजे
(प्रवासमा रहेर लेख्नुका सकसबारे चन्द्र गुरुङ, गोविन्द गिरी प्रेरणा, हाङयुग अज्ञातबीच कुराकानी हुनेछ । कुराकानीको सहजीकरण कुमारी लामाले गर्नेछिन् ।)७.
उदाहरण कविता, असोज ३, बिहान ११ बजे
(आयोजक संस्था कविता विशेष, संयोजक, सहजीकरण विष्णु सन्न्यास)८.
कोभिडपछिको विश्व, असोज ३, दिउँसो १ बजे
(कोभिड महामारीको अन्त्यपछि विश्वको अर्थ, राजनीतिबारे बहस हुनेछ । बहसमा वक्ताका रुपमा प्राडा सञ्जीव उप्रेती, अर्थशास्त्री अनुप सुवेदी नेकपा नेत्रृ, सांसद विद्या भट्टराईबीच बहस हुनेछ । बहसको सहजीकरण दोभान राईले गर्नेछिन् ।)९.
महामारीमा मिडिया, दिउँसो ३ बजे
(नेपाली मिडियामाथि छलफल, सेसनमा वक्ताका रुपमा रामकृष्ण रेग्मी, वसन्त बस्नेत र फातिमा बानु उपस्थित हुनेछन् । सेसनको सहजीकरण सागर चन्दले गर्नेछन् ।)१०.
हस्तक्षेपी हस्ताक्षर, असोज ३, साँझ ५ बजे
(साहित्यमा पछिल्लो पुस्ताको उपस्थिति, अग्रज पुस्ताको दृष्टिकोणमाथि बहस हुने सेसनमा दूर्गा कार्की, नवीन, निर्भीकजंग रायमाझी सहभागी हुनेछन् । सहजीकरण विकाश मगरले गर्ने भएका छन् ।)
‘अक्षरहरू ब्यूँझाउने एउटा उज्यालो अभियान’ नारासहित सुरु भएको ५ वर्षको यो यात्रामा नयाँ प्रयोग, शैली सहितका विभिन्न कार्यक्रम सम्पन्न गर्यौं । यही श्रृङखलामा जोडिएको दाङ लिटरेचर फेस्टिभल – २०७७ सम्पन्न गर्न आम दाङबासी, साहित्यकार, पत्रकार, संघसंस्था, जनप्रतिनिधिको सहयोग अपरिहार्य विश्वाससहित महसुस गरेका छौं ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।