
काभ्रे । नालाको ब्रम्ह्मापार्कमा ‘भुइँमान्छे’ विशेष कविता वाचन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको आयोजना वर्तमान कविता समूह र शब्दाङ्कुर मासिकले गरेको थियो ।
शुभारम्भमा शब्दाङ्कुर मासिकको छोटा कविता विशेष अङ्क उपस्थित कविहरूले सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख वक्ता एवं शब्दाङ्कुर मासिकका प्रधान सम्पादक धीरकुमार श्रेष्ठले नेपाली साहित्यको उन्नयनमा यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । तेस्रो संस्करणको कार्यक्रमअन्तर्गत कवि मोहन दुवाल, केशव सिलवाल, भीष्म उप्रेती, हरिहर तिमिल्सिना, पुरूषोत्तम बजगाईं, निर्मला श्रेष्ठ, प्रोल्लास सिन्धुलीय, अभय श्रेष्ठ, रामसुन्दर देउजा, सुमन संगम, शैलेन्द्र साकार, केशव ज्ञवाली, लक्ष्मी थापा, रमेशप्रसाद सागर, नवराज दाहाल, दियेशरत्न शाक्य, सन्तोष पौडेल, शारदा घिमिरे भैल, टेकेन्द्रराज चेम्जोङ, प्रमोद सारङ्ग, चन्द्रबहादुर लामा, छबि श्रेष्ठ, धीरकुमार श्रेष्ठ, विश्व सिग्देल, रमी प्रिया, र सञ्जय सुमनले कविता वाचन गर्नुभएको थियो ।
कविताहरूमा विशेषतः भुइँमान्छेको संघर्ष, जीवनका चुनौती र उनीहरूको मौन आवाजलाई प्रकट गरिएको थियो। कविताहरूले गहिरो भावनात्मक प्रभाव छाड्दै समाजको यथार्थ चित्रण प्रस्तुत गरेका थिए।
कार्यक्रम सञ्चालन विश्व सिग्देलले गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

