२०८१ सालको बालसाहित्य रत्न शान्तदास स्मृति सम्मान बालसाहित्यकार जनकप्रसाद हुमागाईंलाई प्रदान गरिने भएको छ । समालोचक तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौड्यालको संयोजककत्वमा गठित समितिले उक्त सम्मान हुमागाईंलाई मरणोपरान्त प्रदान गर्ने निर्णय गरेको हो ।

शैली थिएटरले २०८० मा स्थापना गरेकोे यो सम्मान यस वर्ष बालसाहित्यकार हुमागाईंलाई मरणोपरान्त प्रदान गर्न लागिएको थिएटरका अध्यक्ष रङ्गकर्मी तथा निर्देशक नवराज बुढाथोकीले जानकारी गराउनुभएको छ ।

बालसाहित्यकार हुमागाईंको जन्म जन्म वि.सं. १९९४ साल असोजमा काभ्रेपलान्चोकको बल्थलीमा भएको हो भने उहाँको निधन २०६३ साल माघ २८ गते घाँटीको क्यान्सरबाट भएको थियो । उहाँका बाल कृतिहरूमामा ‘बाआमाको माया’, ‘गुनिला पाँच बालकथा’, ‘गोकुलकी आमा कसरी निको भइन् ?’, ‘मालतीको यात्रा वर्णन’, ‘भाइबहिनीका कथा’, ‘नेपाली बालसाहित्य’, ‘चम्पा र मायालु काका’, ‘लहरे पिपलको कथा’, ‘नानी पढ्छ’, ‘दिदीभाइको माया’ आदि प्रकाशित छन् । साथै बालअधिकारका क्षेत्रमा पनि उहाँको अग्रणी भूमिका रहँदै आएको छ ।

सम्मान शैली थिएटरले आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय बालनाटक महोत्सव एवम लघु बालचलचित्र प्रदर्शनीको उद्घाटनको अवसर पारेर आउने २०८१ फागुन १ गते बिहीबार रसियन हाउस कमलपोखरीमा प्रदान गरिने महोत्सवका कार्यक्रम प्रमुख किशोर अनुरागले जनाउनुभयो ।

यसअघि यो सम्मान शिक्षाविद् एवम् एभरेष्ट इङ्लिस बोर्डिङ स्कूलका प्राध्यापक भक्त राजभण्डारीलाई प्रदान गरिएको थियो ।