
पोखरा । ज्याग्दीखोला साहित्य प्रतिष्ठान, स्याङ्जाले ‘ज्याग्दीखोलाको तरङ्ग’ पूर्णाङ्क– ३७’को लोकार्पण एवं सष्टाहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरामा आयोजित कार्यक्रममा ‘तरङ्ग’ मा संकलित रचनाहरूमाथि समीक्षक लोकबहादुर थापा मगरले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा प्रा.डा. जगदीश चन्द्र भण्डारीलाई २०८१ सालको ‘विश्वराधानेत्रा साहित्य पुरस्कार’, बाग्लुङका साहित्यकार काजी रोशनलाई ‘ज्याग्दीखोला साहित्य–कला पुरस्कार’ र पोखरामा रहेर दर्शन एवम् संस्कृतिका क्षेत्रमा कलम चलाउँदै आउनुभएको लेखक रामराज रेग्मीलाई ‘ज्याग्दीखोला साहित्य सम्मान’ अर्पण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’का अध्यक्ष हिरामणी दुःखी र विशिष्ट अतिथि ‘आनन्द आश्रम ज्ञान केन्द्र’, स्याङ्जाका संरक्षक त्रिलोचन ढकालले प्रतिभाहरूलाई नगद राशिसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा कविहरू नुमराज बराल, अनिल श्रेष्ठ, चन्द्रमणि अधिकारी, सूर्यप्रसाद डुम्रे लगायतले कविता वाचन गर्नुभएको थियो । प्रतिभा चयन समितिका सदस्य भीम रानाभाट, कवि मित्रलाल पज्ञानी, श्यामप्रसाद रेग्मी लगायतले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गर्नुभएको थियो । सम्मानित प्रतिभा प्रा.डा. जगदीश चन्द्र भण्डारी, काजी रोशन र रामराज रेग्मीद्वारा आफूहरुले सम्मान प्राप्त गरेकामा संस्थालाई मन्तव्यद्वारा धन्यवाद दिनुभएको थियो । प्रा.डा. यमबहादुर पौडेल क्षेत्री र परशुराम कोइरालाले पुरस्कृत प्रतिभाहरूको परिचय दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन ‘ज्याग्दीखोलाको तरङ्ग’का कार्यकारी सम्पादक प्राज्ञ नारायण मरासिनीले गर्नुभएको थियो भने स्वागत मन्तव्य ज्याग्दीखोला साहित्य प्रतिष्ठानका आजीवन सदस्य तथा पूर्व सांसद ध्रुवराज लम्सालले गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

ज्याग्दीखोला साहित्य प्रतिष्ठानद्वारा डा. शर्मा, वनमाली र पौडेल सम्मानित

ज्याग्दीखोला साहित्य प्रतिष्ठानद्वारा तीन साहित्यकार सम्मानित गरिँदै
