
सूर्य बिसी, दाङ । नियात्राकार डा. राजु अधिकारीको नयाँ पुस्तक ‘राहदानी’ माथि दाङमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । अध्ययन मञ्च दाङ र सर्वोदय पुस्तकालय तथा वाचनालयको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
पुस्तकमाथि समीक्षा गर्दै समीक्षक दामोदर गिरीले भन्नुभयो, ”नियात्रा भएकाले पुस्तकसँगै नयाँ नयाँ ठाउँ पुगेको महसूस हुन्छ । नयाँ नयाँ रोचक घटनाले किताब पढ्दा कत्ति पनि थकाइ महसूस हुँदैन । यसो हुनुभनेको किताबको सफलता हो । समग्रमा लेखकको सफलता हो ।”
किताबमाथि पाठकीय मन्तव्य राख्दै श्रद्धा धितालले भन्नुभयो, ‘’पुस्तकले मलाई विभिन्न देश घुमायो । नयाँ नयाँ जानकारीहरू पाएँ ।’’
पुस्तक लेखन अनुभव सुनाउँदै नियात्राकार राजु पौडेलेले भन्नुभयो, ”म खासगरी आख्यान लेख्न रुचाउँछु तर यसपाली नियात्रा लेखियो । सक्दो प्रयास गरेको छु, पुस्तक पढेर सुझाव दिनुहोला ।”
मञ्चका संयोजक सूर्य बिसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण बिन्दु गिरीले गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

