
काभ्रे । सुनकोशी वाङ्मय प्रतिष्ठान पठन संस्कृति विकास अभियानमा लागेको छ । अभियानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्कालाई प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाललगायत पदाधिकारीहरूले पुस्तक हस्तान्तरण गर्नुभएको छ ।
उक्त अवसरमा प्रमुख प्रहरी उपरीक्षक खड्काले जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको नवप्रवर्तनीय कार्य ‘हामी पनि पढ्छौं’ अभियानमा सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस अभियानअन्तर्गत घुम्ती पुस्तकालय निर्माण गरी विभिन्न विधाका पुस्तकहरु संकलन गरेका छाैं । यस कार्यालय मातहत सम्पूर्ण प्रहरी ईकाईहरूमा कार्यरत प्रहरी कर्मचारीहरूको ज्ञान, बुद्धि, विवेक र आत्मस्फूर्तिमासमेत वृद्धि भई व्यवसायिक, व्यक्तिगत तथा सामाजिक जीवनलाई समेत सकारात्मक टेवा पुर्याउने उद्देश्य रहेको छ ।”
उहाँले अभियानमा सघाउ पुर्याउने सुनकोशी वाङ्मय प्रतिष्ठान परिवारलाई धन्यवाद दिनुभयो ।
प्रतिष्ठानका महासचीव प्रदीप सापकोटाले पठन संस्कृतिको विकास गर्नमा प्रतिष्ठानले विभिन्न अभियानहररू सञ्चालन गर्न लागेको साहित्यपोस्टसँग बताउनुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

