
पछिल्लो समय, आवाजबिहिनहरूको आवाज सत्तालाई कर्कशः लाग्न थालेको महशुस सर्वसाधारणले गर्न थालेका छन्, जुन हामीले वास्तवमा भोगीरहेको देश र हाम्रो यथार्थ नै हो । युवाहरु, यो देशमा सपना देख्न मनाही रहेको अनुभूति गर्दैछन् । अतः यहाँ सपनाद्रष्टाहरूले पटमूर्खको पगडी गुथ्नु पर्छ, कि त उनले मरूभूमिको यात्रा तय गर्नुपर्नेहुन्छ ।
नाटक अनुत्तर, एवंरितले देश, जीवन र भविष्यसँगको मझधारमा धुल्मुलिएर आफैं हराएका नागरिकता भिरेका अनागरिकहरुको सग्लो तस्बिर हो । यिनै विषयवस्तुलाई उठान गरेर सद्भाव थिएटर, नेपालको प्रतिनिधित्व गरी थाइल्यान्डमा ९ जनवरी २३, २०२५ देखि हुन लागेको Moradokmai International Theatre Festival- 2025 मा सहभागी हुने भएको छ । उक्त नाट्यमहोत्सवको तालिकानुसार थाइल्यान्डको समयानुसार साँझ ७ बजे ग्रान्डपा थिएटर हलमा मञ्चन हुनेछ ।
यस अघि यो नाटकको नेपालमा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा नियमित मञ्चन भई सकेको थियो । नाटक अनुत्तरको लेखन तथा निर्देशन राम के.ए.सी. ले गर्नुभएको छ भने सह–निर्देशन सुशीलालक्ष्मी महर्जनको रहेको छ । यस नाटकमा रंगकर्मी किरण चापागाईंको एकल प्रस्तुति रहेको छ ।
किरण चापागाईले, नेपाली रङ्गकर्मी , २०२५ को मोराडोक माई अन्तर्राष्ट्रिय रंगमंच महोत्सवमा नेपाललाई प्रतिनिधित्व गर्नेछ। उहाँले आफ्नो नाटक (An Enigma) प्रस्तुत गर्नुहुनेछ । यो महोत्सव २०२५ को जनवरी २३ देखि २७ सम्म मोराडोक माई थियटरमा र फेब्रुअरी ७ देखि ९ सम्म बैंकक आर्ट्स एण्ड कल्चरल सेन्टरमा हुनेछ। यस नाटकमा प्रकाश र संगीत सयोजन टीका भक्त जिरेलले दिनुभएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

