
राज यात्री लम्साल । साहित्यकार छवि वैरागी घिमिरेलाई मानार्थ विद्यावारिधि तथा ‘साहित्य गौरव स्वर्ण पदक’बाट सम्मान गरेको छ । नेपाली साहित्यको बहु विधामा कलम चलाउँदै नेपाली साहित्यकै श्रीवृद्धिमा योगदान पुर्याएबापत सुन्दर हरैंचा निवासी वैरागीलाई उक्त पदकबाट सम्मान गरिएको हो।
अमेरिकन विश्वविद्यालय ( CEDARBROOK) नयादिल्लीले विश्व कुनै पनि देशमा रही भाषासाहित्य, खोज अनुसन्धान एवम् सामाजिक सांस्कृतिक क्षेत्र योगदान पुर्याउने साहित्यकार, समाजसेवी, शिक्षक, सञ्चारकर्मी तथा चिकित्सकहरूलाई यो सम्मान तथा पदवीले विभूषित गर्दै आएको छ ।
वैरागीको मूल विधा शास्त्रीय छन्द कविता भए पनि साहित्यका बहु विधामा लामो समयदेखि कलम चलाउँदै आउनुभएको छ । केवल तिम्रै लागि (उपन्यास २०६३), जून तारा (लेख संग्रह २०६४), पलाँता साहित्य गाथा (संयुक्त साहित्य गाथा २०७५) ,माटाको आस्था (छन्द कविता संग्रह २०७५),आहत विपत (कवितासंग्रह २०७६), छन्दपान (कवितासंग्रह तथा छन्दको व्युत्पति र सिकाइ २०७७), सुन्दरहरैंचा दर्पण (सम्पादक तथा लेखक २०७८), किनारीकृत माइली (खण्डकाव्य २०७९) उहाँद्वारा लिखित कृतिहरू हुन् ।
पुष्पलाल स्मृति प्रतिष्ठान, नोबेल साकोस, नइ किर्ति रत्न अलङ्कार पदक जस्ता एक दर्जनभन्दा बढी सम्मान तथा पदकबाट सम्मानित भइसक्नुभएका साहित्यकार वैरागी हुनुहुन्छ ।
विश्व विद्यालयले नेपाल लगायत भुटान, श्रीलंका,बंगलादेश, माल्दिभ्स ,अमेरिका र भारत गरी सात राष्ट्रका २५ भन्दा बढी व्यक्तित्वहरूलाई सम्मान तथा अभिनन्दन गरेको थियो ।
कार्यक्रममा भारत सरकारका माननीय सांसद योगेन्द्र चण्डोलिया, भारत सरकारका क्याबिनेट मन्त्री माननीय चिराग पासवान, भारतीय नारी सामाजिक अभियन्ता पुष्पा जिन्दल र भारतीय हिन्दु धार्मिक अभियन्ता स्वामी चन्द्रदेवजी महाराजका हातबाट सम्मान तथा पदक प्रदान गरिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
