
खिलशर्म–राजीवलोचन जोशी स्मारक प्रतिष्ठानले स्रटा गोपी मैनालीलाई सम्मान, पुरस्कार प्रदान गरेको छ ।
नेपाली साहित्यमा विगत चार दशकदेखि कथा, निबन्ध, नियात्रा र समालोचना क्षेत्रमा योगदान पुर्याइ नेपाली वाङ्गमयको श्रीवृद्धि गर्नु भएकोमा उहाँलाई पुरस्कार प्रदान गरेको हो ।
प्रतिष्ठानको कार्यालयमा अध्यक्ष पुरुषोत्तमराज जोशीको सभापतित्वमा आयोजित कार्यक्रममा मैनालीले नेपाली साहित्यमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै प्राज्ञ दिनेशराज पन्तले नेपालको प्रशासनमा जसरी गरिमाको नाम मैनालीको छ, समालोचना, निवन्ध र कथामा त्यस्तै स्थान रहेको छ, मैनाली साहित्य र राष्ट्रसेवाको अनुकरणीय नाम हो भन्नुभयो । प्रमुख अतिथि प्राध्यापक रमा शर्माले स्रष्टा मैनालीलाई सम्मान गर्न पाउँदा पुरस्कारको समेत सम्मान भएको उल्लेख गर्नुभयो ।
पुरस्कृत प्रतिभा मैनालीले पुरस्कारले आफूलाई साहित्य सिर्जनामा झनै दायित्व थपेको बताउनु भयो । कोषराज न्यौपानेले सञ्चालन गर्नु भएको कार्यक्रममा साहित्यकारहरु रोचक घिमिरे, विजय चालिसे, महेश खकुरेल, युवराज मैनाली, कलानिधि दाहाल, हरिभक्त सिग्देल महेश, नरेन्द्रराज पौडेल, कल्पना दाहाल, पवन बुढाथोकी, सच्युत भुम्लेली लगायत ख्याति प्राप्त स्रष्टा, साहित्यसेवी, पत्रकार र पूर्व प्रशासकहरुको बाक्लो उपस्थिति थियो ।
पहिलोपटक उक्त पुरस्कार वरिष्ठ समालोचक डा ईश्वर बराललाई प्रदान गरिएको थियो भने २६औ पुरस्कार समालोचक, कथाकार गोपी मैनालीलाई प्रदान गरिएको हो । उक्त पुरस्कारमा सम्मान पत्र सहित रु २५ हजार नगद समावेश छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

साताकाे पुस्तक : गोपी मैनालीको ‘युगकवि सिद्धिचरण : कृति र प्रवृत्ति विश्लेषण’
