
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठान (भानुभक्त कक्षमा ) पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले रिबन काटेर पुस्तक प्रदर्शनीको समुद्घाटन गर्नुभएको थियो ।
प्रदर्शनीमा नेपाली भाषा, साहित्य ,संस्कृति, कला ,इतिहास, दर्शनशास्त्र र समाजशास्त्र आदिका पुस्तकहरू विक्रीको लागि राखिएको छ। प्रदर्शनीको मुख्य उद्देश्य प्रज्ञा प्रतिष्ठानका पुस्तकहरू पाठकसमक्ष पुर्याउँदै पठन संस्कृतिको विकासमा टेवा पुर्याउनु रहेको छ ।
‘सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मन्त्रका साथ सुरु भएको उक्त प्रदर्शनीमा प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित महत्त्वपूर्ण र अनुसन्धानात्मक पुस्तकहरू प्रदर्शनीमा राखिएको छ । समग्रमा हिमाल, पहाड, मधेसका विभिन्न संस्कार र संस्कृति, विभिन्न भाषाका कोशहरू प्रदर्शनी स्थलमा राखिएका छन्।
प्रदर्शनीमा २०७० सालअघि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरू ६० प्रतिशत छुट र २०७१ सालयता देखि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरूमा ४० प्रतिशत छुट दिइएको छ । शब्दकोशहरूमा १ प्रति को २० प्रतिशत रकम छुट रहेको छ । प्रदर्शनी स्थलमा दुई हजार थानभन्दा बढी पुस्तक राखिएको छ।
प्रदर्शनी २०८१ माघ २० गतेसम्म रहनेछ । प्रदर्शनीमा पुन प्रकाशन भएका अमरकोश,नेपाली साहित्यकोश,कौटिल्यको अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नौ उपनिषद्, ग्रिक महाकवि होमरको ओडिसी, हरेराम जोशीको प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङको एरिस्टोटल र उनका काव्यशास्त्र ‘पेरी पोइएतिकेस ‘ लगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

१२ बुँदे घोषणापत्र जारी गर्दै सकियो पहिलो अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन
