
भोजपुर । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ प्रवद्र्धन गर्ने उद्धेश्यका साथ भोजपुर र खोटाङको सिमाना चखेवाभञ्ज्याङमा मंगलबारबाट सुरु भएको बृहत् सांस्कृतिक तथा पर्यटन कृषि मेलाको अवसरमा आयोजित माध्यमिक विद्यालय स्तरीय कविता वाचन प्रतियोगितामा आविश्कार घिमिरे पहिलो बन्नुभएको छ ।
अन्नपूर्ण बागधन रणदिपा माविमा अध्ययरत उहाँ ८५ दशमलव ३३ अंक ल्याएर पहिलो हुनुभएको हो । यस्तै तिम्मा माविका अनिश दाहाल ७७ अकं सहित दोश्रो, चण्डेश्वरी मावि नागीका निलिमा राई र सिंहदेवी मावि लेर्खकका गोमा तिम्सिना बरावर ७० दशमलव छ अंक सहित तेश्रो भएको निर्णायक समिति संयोजक कविता राईले जानकारी दिनुभयो ।
‘हाम्रो टेम्के’ शीर्षकमा आयोजित कविता वाचन प्रतियोगितामा टेम्केमैयुङ गाउँपालिका भित्रका ७ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने बिजेता प्रतियोगिहरुले नगद ७ हजार, ४ हजार र २ हजार पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिकेन पौडेलले बताउनुभयो ।
एक लाख पर्यटक भित्राउने लक्ष्यका साथ गाउँपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ घोषणा गरी माघ १ देखि ५ गतेसम्म विविध कार्यक्रम तय गरेको हो । पर्यटन प्रवद्र्धनका साथै कृषि उत्पादनलाई विशेष जोड दिँदै बृहत मेलाको आयोजना गरिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

