अमेरिकाको भर्जिनियामा  सीता पाण्डेको एकल कविता वाचन कार्यक्रम १ फरवरी २०२५ मा आयोजना गरिन लागेको छ ।
नेपाली साहित्यमा विगत चार दशक भन्दा बढी समयदेखि कविता, कथा, उपन्यास र निबन्ध-संस्मरण लगायतका विधामा उहाँले योगदान दिँदै आउनुभएको छ ।

कवि पाण्डे तीसको दशकदेखि साहित्यमा सकृय हुनुहुन्छ । उहाँका ‘असजिला खुसीहरू’, ‘बन्धकी खुसीहरू’ ‘सीता पाण्डेका कथाहरू’, ‘अन्तर्द्वन्द्व’, ‘यौन र अनुभूति’ लगायतका कृतिहरू प्रकाशित छन् । उहाँका कथाहरूको अङ्ग्रेजी अनुवाद ‘फिवर’ प्रकाशित भएको थियो र हालै यौन र अनुभूतिहरुको अनुवाद ‘साइलेण्ट भ्वाईसेस’ प्रकाशित भएको छ ।

सन् २०१४ देखि भर्जिनिया राज्यमा विधिवत् स्थापना भएको अमेरिका नेपाल प्रतिष्ठानले सो कार्यक्रमको आयोजना गर्न लागेको हो । अमेरिका नेपाल साहित्य प्रतिष्ठानले वासु शशी जयन्ती, हरि भक्त कटुवाल जयन्ती लगायतका विविध कार्यक्रमहरूको आयोजना गर्दै आएको छ । प्रतिष्ठानले काठमाडौंमा अमेरिकी दूतावासको संलग्नतामा अमेरिकी कवि वाल्ट ह्विटम्यानमा समर्पित कवि गोष्ठी आयोजना समेत गरेको थियो ।