
लेखक तथा पत्रकार श्रीधर खनाल ‘दीर्घबाहु’को निधन भएको छ । बिहीबार बिहान २:४५ बजे ९४ वर्षको उमेरमा खनालको निधन भएको हो ।
उहाँको २०२२ सालमामा ‘शब्दभेदी लडाइँ’ उपन्यास प्रकाशित भएको थियो । उहाँका ‘मुर्कट्टा लास’, ‘छ औंले मान्छे’, ‘पानको गुलाम’, ‘डाक्टर डेमन’ तथा ‘मेजरको सर्प’, ‘बिखालु इच्छापत्र’, ‘बाह्र बजेको घण्टी’, ‘भेनसका हिप्पीहरु’ र ‘नाङ्एिकी सुन्दरी’लगायत जासुसी उपन्यास निकै लोकप्रिय थिए । त्यसबाहेक ‘हङकङको व्यापारी’, ‘हेलम्बुकी अप्सरा’ र ‘गुलाफी पिन’, ‘बज्रजोगिनीको खजाना’ पनि प्रकाशित भएका थिए।
नेपालको पहिलो जासुसी उपन्यास लेखक खनाल नेपाल आँखा अस्पतालका आजीवन संस्थापक सदस्य हुनुहुन्थ्यो । साथै, उहाँ दुई कार्यकाल त्रिभुवन विश्वविद्यालयको प्राज्ञसभा सदस्यसमेत रहनुभएको थियो ।
खनालको पार्थिव शरीरको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

