
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), नेपाल च्याप्टरले आफ्नो ३४ औँ स्थापना दिवस मनाएको छ । नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा नेपाल च्याप्टरले स्थापना दिवस तथा सम्मान समारोह सम्पन्न गरेको हो ।
समारोहमा नेपाल ऋषि, प्रा.डा. जगमान गुरुङ प्रमुख अतिथि, अनेसास तथा बिओटीका पूर्व सल्लाहकार विशिष्ट अतिथि, अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकाली विशेष अतिथि, अनेसास पुरस्कार समितिका निवर्तमान अध्यक्ष तथा अनेसास सर्वोत्कृष्ट पुरस्कारदाता गोपी उप्रेती, अनेसासका केन्द्रीय उपाध्यक्ष सरिता अर्याल, अनेसासका निवर्तमान सल्लाहकार प्रतीक ढकाल, अनेसासका वर्तमान सल्लाहकार लीला लुइटेल विशेष अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।
अनेसास स्थापना दिवस तथा सम्मान समारोह सफलताका लागि अनेसास बिओटीका सभापति पदम विश्वकर्मा र केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेले पठाएको शुभकामनापत्र च्याप्टरका उपाध्यक्ष मन्जिला अनिलद्वारा वाचन गरिएको थियो ।
स्थापना दिवसको अवसरमा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेललाई अनेसास विशिष्ट व्यक्तित्वद्वारा सम्मान गरिएको थियो भने प्रेरणादायी नारीरत्नका रुपमा कल्याणी रिमाल, अनेसास विशिष्ट साहित्य साधकका रुपमा च्याप्टरका निवर्तमान अध्यक्ष सन्ध्या पहाडीलाई सम्मान गरिएको थियो ।
त्यसैगरी, अनेसास सम्मान २०८१ बाट सम्मान हुनेहरूमा समालोचक युवराज मैनाली, साहित्यकार ठाकुर शर्मा भण्डारी हुनुहुन्थ्यो भने अनेसास बालप्रतिभा पुरस्कार श्रीयङ्का बस्नेतलाई प्रदान गरिएको थियो ।
सम्मानित व्यक्तित्वको संक्षिप्त परिचय दिँदै नेपाल च्याप्टरका निवर्तमान महासचिव ऋषभदेव घिमिरेले सम्मानपत्रको विवरण वाचन गरेका थिए ।
अनेसास, नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुलीले स्वागत मन्तव्यपश्चात् शुरु भएको उक्त समारोहमा अनेसास विगतदेखि वर्तमानसम्मका विषयमा अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकालीले प्रकाश पार्नुभएको थियो ।
समारोहमा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, प्रा.डा. गोपी उप्रेती, केन्द्रीय उपाध्यक्ष सरिता अर्याल, केन्द्रीय सदस्य तारा उप्रेतीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अनेसास नेपाल च्याप्टरका महासचीव रन्जना निरौलाद्वारा सञ्चालन गरिएको समारोहमा उल्लेख्य साहित्यकार, कलाकार एवं साहित्यानुरागीहरुको उपस्थित रहेको थियो ।
समारोहका सभापति अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले धन्यवाद मन्तव्यसहित सभा विसर्जन गर्नुभएको थियो । समारोह नेपाल प्रज्ञा–प्रतिष्ठानको लेखनाथ सभाहलमा भएको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

