
कथा र उपन्यास लेखनमा सक्रिय लेखक डा. राजु अधिकारीको यात्रासंस्मरण ‘राहदानी’ प्रकाशित भएको छ । दुई दशकभन्दा बढी समयमा यात्रा गरेका विभिन्न देशमा देखेका र भोगेका विषयबस्तुलाई उहाँले पुस्तकको रूपमा प्रकाशनमा ल्याउनुभएको हो ।
नेपाली राहदानीवाहकहरूले भिसा आवेदनमा र विदेशका अध्यागमनमा भोग्नुपर्ने समस्याको बारेमा उहाँले आफ्नो संस्मरणमा उल्लेख गर्नुभएको छ ।
राहदानीका कारण आफूले भोग्नु परेका केही तीता भोगाइलाई आधार बनाएर पुस्तकको शीर्षक राहदानी राखिएको लेखकको भनाइ छ । उहाँ भन्नुहुन्छ, ”अन्य यात्रा संस्मरणभन्दा अलिक भिन्न शैलीमा लेखिएको यो पुस्तकमा विदेशमा मैले भोगेका रोचक प्रसङ्गहरू पस्केर पाठकलाई मनोरञ्जन दिन खोजेको छु ।”
चौधवटा यात्रा संस्मरण समेटिएको पुस्तकले विदेशमा आइपर्ने अनपेक्षित समस्या तथा ती समस्याबाट बच्न अपनाउनुपर्ने तयारी र सावधानीप्रति पनि सजग गराएको छ ।
‘थुप्रै सोलुसन’ले प्रकाशनमा ल्याएको पुस्तक मुद्रित संस्करण र इ-बुकमा पनि उपलब्ध छ । पुस्तक ‘थुप्रै डट कम’को वेबसाइट र मोबाइल एपमा इ-बुकको रूपमा संसारभरि उपलब्ध रहेको प्रकाशकले जनाएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

