
‘विश्व हिन्दी दिवस’को अवसरमा भारतीय राजदूतावास लैनचौर काठमाडौंमा एक कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा ‘द पब्लिक’का सम्पादक वीणा सिन्हा तथा प्रकाशक ई. मनोजकुमार वर्मालाई नेपालमा हिन्दी पत्रकारिता र भाषा साहित्यको क्षेत्रमा उत्कृष्ट काम गरेबापत भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुर तथा काउन्सिलर गीताञ्जली ब्रान्डनले सम्मान गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा कविता वाचन र नाटकमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयका विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल र भारतका केही कविहरुले कविता वाचन गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व हिन्दी दिवसको अवसरमा दिएको सन्देश राजनीतिक तथा पीआईसी प्रमुख काउन्सिलर गीताञ्जली ब्रान्डनले पढेर सुनाउनुभयो । कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी उपकुलपति निशा शर्मा लगायत धेरै नेपाली तथा हिन्दी साहित्यप्रेमीहरुको उपस्थिति रहेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

