
रत्ननगर वाङमय प्रतिष्ठानले सर्जकलाई सम्मान गरेको छ ।
प्रतिष्ठानको चितवनमा भएको प्रथम स्थापना दिवस तथा १४१ औँ लेखनाथ जयन्तीको अवसरमा आयोजित राष्ट्रव्यापी लघुकथा प्रतियोगितामा प्रथम स्थान प्राप्त लघुकथा ‘खतरनाक’का लागि रासा, काठमाडौं द्वितीय स्थानका लागि ‘स्वाभिमान’ किशन पौडेल, हेटौंडा र तृतीय स्थानका लागि ‘नव्यता’ मनीषकुमार शर्मा ‘समित’ भक्तपुर लाई क्रमशः २० हजार, १५ हजार र १० हजार पुरस्कार सहित सम्मान गरिएको हो ।
साथै उक्त कार्यक्रममा समालोचक एवम् साहित्यकार ज्ञानु अधिकारीलाई कृति पुरस्कार अन्तर्गत निबन्ध सङ्ग्रह ‘समवेदनाको समायोग’ को लागि नगद ३० हजार राशीले पुरस्कृत गरिएको हो र कल्पना अधिकारीलाई रत्न नगर वाङ्मय प्रतिभा पुरस्कारबाट नगद २० हजारले सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा, उपमेयर यादब प्रसाद पाठक र प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेले सर्जकलाई नगद पुरस्कार सहित दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

