भक्तपुरको दधिकोटस्थित ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल) मा बी.ए.एल्.एल्. बी. तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी निसा पाण्डेले सामाजिक उपन्यास ‘निर्षा’ लिएर पाठक माझमा आउनुभएको छ ।

उहाँको उपन्यासमा जातीय विभेदले निम्त्याएको पारिवारिक विखण्डन, राजनैतिक अस्थिरता र वैदेशिक रोजगारीको चित्रण गरिएको छ। सरल भाषामाा लेखिएको उपन्यास पठनीय छ । उपन्यासकार पाण्डेको यो पहिलो कृति हो। केएसएल कलेजमा पुस २१ गते आयोजित कार्यक्रममा निर्षा विमोचन गरिएको थियो।

‘यस उपन्यासमा निसाले समाजका अत्यन्तै गम्भीर समस्याहरूको उठान गर्नु मात्र भएको छैन्, आफ्नो लेखनी मार्फत् निरुपणको सत्प्रयास पनि गर्नुभएको छ’, कार्यक्रममा कलजेका कार्यकारी निर्देशक प्रा.डा. युवराज संग्रौलाले भन्नुभयो, ‘उहाँले अँध्यारोका बिचबाट आशाको ज्योति पनि प्रतिबिम्बित गराएकी छिन ।

लेक्स एन्ड जुरिस पब्लिकेसन्स्ले प्रकाशन गरेको पुस्तकको मूल्य २५० रुपैयाँ राखिएको छ।