रुद्र निरौला र चन्द्रवीर खड्का स्मृति पुरस्कार अर्पण गरिएको छ ।

साहित्यक कला सङ्गम दमक, झापाको आयोजनामा प्रत्येक वर्ष वितरण गरिने रुद्र निरौला स्मृति पुरस्कार र चन्द्रवीर खड्का स्मृति पुरस्कार शनिबार एक कार्यक्रमकाबिच वितरण गरिएको छ ।

कविशिरोमणि लेखनाथ पौडेलको १४१ औँ जन्मजयन्तीका सन्दर्भमा सम्पन्न कार्यक्रममा इलामकी छन्द कवि रीता पोख्रेललाई रुद्र निरौला स्मृति पुरस्कार र म्याराथुन धावक सुरज सिंहलाई चन्द्रवीर खड्का स्मृति पुरस्कार अर्पण गरिएको थियो । पुरस्कारको राशि क्रमश १५ हजार र ११ हजार नगदसहित स्मृति चिन्ह रहेको थियो ।

संस्थाका अध्यक्ष विष्णु न्यौपानेको सभापतित्व र सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जीवनहरि शर्मा, कमलराज भट्टराई, हेमनाथ अधिकारी, खड्गबहादुर थापालगायतले बधाई एवम् शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा स्रष्टा दिलिप राई ‘सगर, शारदा निरौला, विवेक दुलाल, वीरेन्द्र खड्का, राम उपाध्याय लगायतले रचना वाचना गर्नुभएको थियो ।
पौडेल वंश उत्थान केन्द्रीय समितिको सभा हलमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष बिन्दु दाहाल मूकदर्शकले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका महासचिव दीपक सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।