
नेपाली हास्यव्यङ्ग्यको मझेरी बाङ्गा अक्षरले हास्यव्यङ्ग्य सम्बन्धित एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
जुम अनलाइन मार्फत प्रस्तुत गरिएको र डिसी नेपाल अनलाइन पत्रिका बाट प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रममा क्यालिफोर्निया निवासी लेखक प्रमोद अमात्यको भर्खरै प्रकाशित किताब ‘शुक्रवारे गन्थन’ मा विभिन्न पक्षहरूको विवेचना गरिएको थियो।
साथमा कार्यक्रमका प्रमुख अतिथि सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले नेपाली हास्यव्यङ्ग्य साहित्यको वर्तमान गति र विकासको अवस्थाको बारेमा प्रकाश पार्नु भएको थियो। कार्यक्रममा खाइराइडका लेखक राजेन्द्र कार्की, लेखक डा. कुसुमाकर शर्मा, समीक्षक खेमराज पोख्रेल र प्रमोद अमात्यले किताबको बारेमा बोल्नुभएको थियो । हास्यव्यङ्ग्यको शैलीमा लेखिएको उक्त पुस्तकको बारेमा बोल्नु हुने सम्पूर्ण समीक्षकहरूले अमात्यको सरल र चोटिलो भाषा शैलीको प्रशंसा गर्नु भएको थियो।
समीक्षकहरूले खुलेर पुस्तकका सबल र दुर्बल पक्षहरूको बारेमा चर्चा गर्नु भयो। अन्त्यमा लेखक अमात्यले आफ्नो किताब लेखन, प्रकाशन र त्यस पछिका अनुभवहरू साट्नु भएको थियो। कार्यक्रमका मुख्य आकर्षक लक्ष्मण गाम्नागेले अमात्यको किताबको चर्चा गर्दै यो एउटा गन्थन मात्र नभएर एउटा गहन सामाजिक मन्थन भएको कुरा बनाउनु भयो। त्यस्तै कार्यक्रमको अन्त्यमा गाम्नागेले आफ्ना शसक्त रचनाहरु प्रस्तुत गरेर कार्यक्रमलाई रोमान्चक र जीवन्त बनाउनु भएको थियो।
बङ्गा अक्षरका संयोजक नारायण भट्टराईले संचालक गर्नु भएको उक्त कार्यक्रममा चर्चित कमेडियन तथा कार्यक्रम प्रस्तोता अर्जुन दाहालले कार्यक्रमको प्राविधिक पक्षको संयोजन गर्नु भएको थियो। कार्यक्रमको शुरु र अन्त्य अर्जुन दाहालका शसक्त व्यङ्ग्य प्रस्तुती बाट गरिएको थियो। कार्यक्रममा सहभागी बाङ्गा अक्षरका कार्यकारी सदस्यहरू डा. टिका लम्साल, बाबु आचार्य, भोज अर्याल लगायत पाहुनाको रुपमा उपस्थित हुनु भएका हास्यव्यङ्ग्यकार तथा गजलकार धन राज गिरी, साहित्यकार विश्वराज अधिकारी तथा साहित्यकार डाक्टर नवराज खतिवडाले नेपाली हास्यव्यङ्ग्यका विविध आयामका बारेमा लक्ष्मण गाम्नागे र ‘शुक्रबारे गन्थन’ पढ्दाका अनुभवको बारेमा लेखक अमात्य सँग अन्तरक्रिया गर्नुभएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

