
राज यात्री लम्साल, युएई
सगरमाथा साहित्य प्रतिष्ठान (युएई) ले साहित्यकार राम लामा `अभिनाशी´लाई सम्मान गरेको छ।
नयाँ बानेश्वर काठमाडौं स्थायी घर भइ लामो समय देखि अमेरिकाको क्यालिफोर्नियामा व्यावसाय गर्दै आउनु भएका साहित्यकार लामाले “पिल्सिएको परदेशी मन” कविता संग्रह लगायत आधा दर्जन पुस्तकहरु प्रकाशन गरिसक्नु भएको छ भने वहाँका एक दर्जन भन्दा बढी गितहरु बजारमा आई सकेका छन साथै विभिन्न साहित्यिक तथा सामाजिक संघ सँस्थाहरुमा आवद्ध रहेर काम गरि रहनु भएका लामाले आधा दर्जन जति अवार्डहरु पनि प्राप्त गर्नु भएको छ।
साहित्यकार लामा प्रतिष्ठानको केन्द्रीय कमिटीमा पदेन सदस्य समेत रहनु भएको छ वहाँ विशेष कामले युएई आएको अवसर पारेर प्रतिष्ठानले स्वागत तथा सम्मान कार्यक्रम राखेको थियो ।
कार्यक्रममा कार्यसमितिका उपाध्यक्ष सरू शीतल राई , महासचिव रोहित कुँवर,कोषाध्यक्ष काजल राई , तथा अन्य केन्द्रिय सदस्यहरूको उपस्थितीमा वहाँ लाई सम्मान गरेको थियो। भरत काफ्ले लगायत अन्य साहित्य अनुरागीहरूको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा किराँत राई यायोख्खा शाखा युएईका अध्यक्ष राज राईको पनि उपस्थिति थियो।
कार्यक्रममा बोल्दै लामाले सगरमाथा साहित्य प्रतिष्ठान जस्तो विशुद्ध साहित्यिक सँस्थामा आफू पनि जोडिन पाएकोमा खुशी व्यक्त गर्दै भन्नुभयो “प्रतिष्ठानले आफ्नो शाखा विभिन्न प्रदेश हुँदै अन्तरास्ट्रिय स्तरमा पनि बिस्तार गर्दै आइरहेकोछ जुन स्वागत योग्य छ,प्रतिष्ठानलाई अमेरिकामा पनि बिस्तार गर्नुपर्ने कुरामा जोड दिँदै आफुले सकेको साथ सहयोग सँधै रहने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको थियो।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

