काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा किलिमन्जारो दोस्रो अंक लोकार्पण भएको छ ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजना र राजेन्द्र केसीको सभापतित्व र माननीय कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा रहेको उक्त कार्यक्रममा किलिमन्जारोका सम्पादक गणेश खडकाले गर्नुभएको हो । खड्का अनेसासका अफ्रिका च्याप्टरका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । हाल उहाँ केन्द्रिय उपाध्यक्ष पनि हुनुहुन्छ ।

प्रमुख अतिथि र विशिष्ठ अतिथि प्रा.डा गोबिन्द भटराईले दिप प्रज्वलन गरेर कार्क्रमको उदघाटन गर्नुभएको थियो । पुस्तकको सामुहिक लोकार्पणमा केन्द्रिय सल्लाहकार हिक्मत थापा ,लीला लुईटेल ,एशिया उपाध्यक्ष सरिता अर्याल ,निवर्तमान उपाध्यक्ष डा. रेणुका सोलु ,केन्द्रिय सदस्य सुमन बर्षा ,गीतकार राम प्रसाद दहालले गर्नुभएको थिया ।

उक्त कार्यक्रममा नेपाल च्याप्टरद्वारा गणेश खडकालाई सफल कार्यकालको लागि बधाई एवं सम्मान गरिएको थियो ।
स्वागत मन्तव्य अफ्रिका च्याप्टरको कोषाध्यक्ष तिर्सना कोईरालाले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन नेपाल च्याप्टरको कोषाध्यक्ष कमला रिसालले गर्नुभएको थियो ।

सोही कार्यक्रममा क्यानाडाबाट तारा उप्रेती ,पुरस्कार समितिका पूर्व संयोजक गोपी उप्रेती ,पोर्चूगलका महासचिव एन बि अन्जान ,सोझो गाउँले ,कथाकार हरिश कल्पित ,कलाकार मेनुका लामा ,रितु कँडेल ,निर्वतमान नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडी ,गण्डकी प्रदेश संयोजक देबेन्द्र देवु ,संगीतकार महेश खड्का ,गीता रेग्मी ,दिब्य गिरी एवं नेपाल च्याप्टरका पदाधिकारी लगायत साहित्यिक अनुरागीको बाक्लो उपस्थिति थियो ।