इलाममा गजल मञ्च गठन भएको छ ।

इलामको सूर्योदय नगरपालिकामा गजलकार योगनिधी भट्टराईको अध्यक्षतामा सूर्योदय गजल मन्च गठन गरिएको छ । सूर्योदय सहित इलामको साहित्यलाई एकीकृत गरी साहित्य उत्थानमा सहयोग पुर्याउने उद्देश्यले गजल मन्च गठन गरीएको हो ।

समितिको उपाध्यक्षमा अर्जुन बेदना राई ,सचिवमा विक्रम सुन्दास ,सहसचिवमा दिपेन्द्र आचार्य र कोषाध्यक्षमा टिङ्कु भट्टराई चयन हुनु भएको छ । मन्चको सदस्यहरुमा रणविर राई, सन्तोष खापुङ ,विवेक शर्मा लामिछाने र एन्जिला थामी रहनु भएको छ । उक्त कार्यक्रमले डिल्ली प्रसाद सुवेदीको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। जसका सदस्यहरुमा कुल प्रसाद ढकाल ,कविता राई ‘गाउले’ ,प्रेम अधिकारी ,दुर्गा देवी भट्टराई ,डम्बर थापा र नुरज भट्टराई नदी रहनु भएको छ ।

वेदना न्युज डट कमको आयोजनामा गजलकार अर्जुन बेदना राईको अध्यक्षतामा भएको मन्च गठन कार्यक्रमको अवसरमा सूर्योदयका साहित्यकारले गजल ,कविता वाचन गर्नु भएको थियो । गजल मन्च दर्ता गरी साहित्यका विविध विधामा काम गर्ने नव गठित समितिका अध्यक्ष भट्टराईले जानकारी दिनु भयो । गजलकार टिङ्कु भट्टराई निर्झरीले सन्चालन गर्नुभएको कार्यक्रममा दिपेन्द्र आचार्य सुमीले सम्पुर्ण साहित्यकारहरुलाई स्थानीय सयपत्री फूलको थुङ्गा दिएर स्वागत गर्नुभएको थियो ।