
कविशिरोमणि लेखनाथ पौड्यालको १४२ औं जन्मजयन्तीको सन्दर्भमा जगत्रदेवी साहित्य संगम, गल्याङ, स्याङ्जाद्वारा आयोजित काव्यगोष्ठी- २०८१ सम्पन्न भएको छ ।
गल्याङ बहुमुखी क्याम्पसको सभाहलमा आयोजना गरिएको उक्त काव्यगोष्ठीमा सभाध्यक्षको रूपमा जगत्रदेवी साहित्य संगमका अध्यक्ष अग्रज कवि चण्डिकाप्रसाद भट्टराई रहनुभएको थियो ।
प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल रहनुभएको थियो भने विशिष्ट आमन्त्रित व्यक्तित्वको रूपमा कवि ध्रुवप्रसाद शर्मा पङ्गेनी रहनुभएको थियो ।
काव्यगोष्ठीमा स्वागत मन्तव्य संगमका सह-सचीव गजलकार डिल्लीराम भण्डारीद्वारा प्रस्तुत गरिएको थियो ।
प्रमुख आमन्त्रित व्यक्तित्वद्वारा दीप प्रज्वलनसँगै ब्यानरमा उल्लेखित विवरण वाचन गरेर समुद्घाटन गरिएको काव्यगोष्ठी समारोहमा गजलकार डिल्लीराम भण्डारी, गजलकार सिर्जना खनाल, कवि सुमन भट्टराई, गजलकार झवनाथ बस्याल, कवि अमृता खनाल, गजलकार नारायणप्रसाद न्यौपाने, गजलकार गीता अधिकारी, कवि ऋषिराम भण्डारी, कवि बोधराज न्यौपाने, गजलकार आरती ढकाल पाठक, कवि हरिकला पाठक, कवि इन्द्रप्रसाद पाठक, कवि ढालबहादुर के.सी., अग्रज कवि सुर्यप्रसाद डुम्रे, अग्रज कवि लेखनाथ काफ्ले, कवि शिशिर पौडेल, कवि ध्रुवप्रसाद शर्मा पङ्गेनी, कवि प्रेमबन्धु सुवेदी, युवा कवि मिलन समीर, अग्रज कवि चण्डिकाप्रसाद भट्टराई आदिले आफ्ना उत्कृष्ट रचनाहरु वाचन गर्नुभएको थियो ।
काव्यगोष्ठी- २०८१ को प्रायोजन गर्नुभएका सहृदयी सिर्जनशील व्यक्तित्व अमरविक्रम अधिकारी (गल्याङ- ११, तुलसीभञ्ज्याङ्, स्याङ्जा, हाल- न्यूयोर्क, अमेरिका) लाई उहाँको विशेष सहयोग र सद्भावको उच्च कदरस्वरुप कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उहाँको अनुपस्थितिमा उहाँकी दिदी मीना न्यौपानेद्वारा उक्त कदरपत्र ग्रहण गरिएको थियो ।
समारोहमा नेपाली भाषा साहित्यको क्षेत्रमा पुर्याउदै आउनुभएको विशेष महत्त्वपूर्ण योगदानको उच्च कदरस्वरुप डा. शैलेन्दुप्रकाश अधिकारीलाई जगत्रदेवी साहित्य सम्मान- २०८१ समर्पण गरिएको थियोे ।
कार्यक्रममा धन्यवाद मन्तव्य संगमका सदस्य कवि प्रेमबन्धु सुवेदीद्वारा प्रस्तुत गरिएको थियोे भने सहजीकरण संगमका सचिव युवा कवि मिलन समीरद्वारा गरिएको थियोे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

