लेखक ज्ञानेन्द्र विवशको नयाँ नवीन हो ‘अर्धकदको अवसान’ । लेखकले पुस्तकमा प्रकृति, जीवन भोगाई र समाजका सूक्ष्म यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गर्नुभएको छ ।
‘जसले जति गहिरोसँग निबन्धलाई आत्मासात् गर्न सक्छ उसले त्यति नै गहिरो आनन्दको अनुभूति लिन सक्छ । त्यसैले निबन्ध मूर्त भएर अमूर्तजस्तो र अमूर्त भएर मूर्तजस्तो पाठक अनुकूल हुने गर्छ । त्यसैले लेखनको गाम्भीर्य र बौद्धिकता नै निबन्धको सौन्दर्य हुने गर्छ ।’, पुस्तकको भूमिकामा श्रीओम श्रेष्ठ रोदन लेख्नुहुन्छ, ‘‘जुनै विषय र सन्दर्भका निबन्धमा पनि उहाँको अध्ययन र अनुभवका विविध प्रसङ्गहरूले निबन्धहरू हार्दिक, बौद्धिक, कलात्मक र तर्कपूर्ण बनेका छन् । प्रकृति, जीवन भोगाइ र समाजका सूक्ष्म यथार्थलाई निबन्धहरूले जागृत गराउने प्रयास गरेका छन् ।’’
पुस्तकमा तेजेश्वरबाबु ग्वंग लेख्नुहुन्छ, ‘अर्धकदको अवसान शीर्षक ज्ञानेन्द्र विवशका निबन्धमा समकालिन घटनाले घटाएको वीभत्स, तर विवश चित्रण ! चित्रण जे भएका छन् शब्दै–शब्दका संयोजनमा । ब्रह्म विवेक चुँडिएको विवरण–चित्र ! विवेकविनाको मान्छे र मान्छेभित्र मान्छे बिलाएको अवस्थाले निम्त्याउने स्थिति जहिले पनि जहाँसुकै वीभत्स नै बन्छ । निबन्धका अंशहरू सूचना संवाहक हुन्छन् । सूचनाहरू मर्मभेदी समवेदनाका सूचक हुन्छन् ।’
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको छ । २ सय १७ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ५० रुपैयाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२६ कार्तिक २०८२, बुधबार 









