डा. तारानाथ शर्मा नियात्रा सम्मान साहित्यकार मञ्जुललाई प्रदान गरिएको छ ।

नियात्रा समाज नेपालको नवौं साधारणसभाको अवसरमा डा. तारानाथ शर्मा नियात्रा सम्मान साहित्यकार मञ्जुललाई प्रदान गरिएको हो ।
साहित्य, सङ्गीत र प्रजातान्त्रिक आन्दोलनमा उहाँले लामो समय बिताउनु भएको छ ।

आज सम्पन्न साधारणसभाबाट आगामी कार्यकालका लागि अध्यक्ष: श्री मोहन चापागाईं, उपाध्यक्ष: डा.श्री दामोदर पुडासैनी किशोर , महासचिव: भवानी खतिवडा, कोषाध्यक्ष: श्री सरिता अर्याल, सदस्य: श्री कृष्ण प्रसाईं , सदस्य : श्री भीष्म उप्रेती, सदस्य: श्री विष्णुप्रसाद शर्मा पराजुली, सदस्य: श्री सरस्वती अर्याल, सदस्य: श्री दीपक अर्यालसहितको कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ ।

वरिष्ठ साहित्यकार यादव खरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले निर्वाचन आयुक्तको भूमिका निर्वाह गर्दै निर्वाचन सफल तुल्याउनु भएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष प्रतीक ढकाल, संस्थापक अध्यक्ष चन्द्रप्रसाद भट्टराई, प्राध्यापक डाक्टर खगेन्द्रप्रसाद लुइँटेलले सम्मानित व्यक्तित्व र नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिनुभएको थियो ।

साहित्यकी अनुसन्धाता लीला लुइँटेलले नेपाली नियात्रा लेखनको इतिहास, नारी नियात्राकारको उपस्थिति र प्रवृत्तिसम्बन्धमा विश्लेषणात्मक विचार प्रस्तुत गर्नुभएको थियो ।