दाजु गरुङको उपन्यास हो ‘निरजोया’ । लेखकले पुस्तकमा परदेशिएका युवाले परदेशमा पाएको दु.ख, प्रेम र देश फकिर्न गरेको संर्घषको कथा लेख्नुभएको छ ।

‘‘सुनिएका, भनिएका र देखिएका कुरा कति सत्य ! कति असत्य ! कतै जित्न खोजिएको, कतै जित्दा जित्दै हारिएको । र, जितहारलाई जिन्दगीको उपजका रूपमा स्विकारिएको । बाध्यता भनौँ वा आश्यकता ? कहर भनौ या रहर ! सबैसबै पलायित मनहरूले मनदेखि आत्मासात् गरिएको । कहीँ कतै फरक होलान् प्रकृति र कथाहरू तर समान छन् भोगाइका अनुभुतिहरू ।”, लेखक आभारमा लेख्नुहुुन्छ, ‘‘दिनहुँ यस्तै पात्रहरू ठोक्किन आउँछन् जिन्दगीका मोडहरूमा । यस्तै यात्रुहरू मात्र भेटिन्छन् अनुहारको भिडमा । अलिकति समय पाउनेबित्तिकै बग्नथाल्छन् मनका कहिरनहरू । कति सजीव भोगाइका व्यथाहरू, कति अजीव पलायित भुइँमान्छेका कथाहरू ! यस्तै सेरोफेरोमा बुनिएको हो, निरजोया ।”

पुस्तकमा प्रा.डा गोविन्दराज भट्टराई लेख्नुहुन्छ, ‘‘थालेपछि छोड्न नसकिने शैली र विषयको यस आख्यानमा नेपालीको लेबर डायस्पोरा मलेसियामा पुगेका हाम्रा युवाको गति र स्थिति दर्शाउने एक जादु रहेछ । उनको भाषाको स्वाभाविकता र चारित्रीकरणको जीवन्तता अतुलनीय छ ।”

पुस्तकलाई फिनिक्स बुक्सले प्रकाशन गरेको छ । २ सय ९४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ९९ रुपैयाँ रहेको छ ।