
काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा उपन्यासकार शिव प्रधानको “प्रेमाश्रु” उपन्यासको लोकार्पण गरेको छ ।
लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ हुनुहुन्थ्यो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा लोकार्पित कृतिका सर्जक प्रधानलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।
लोकार्पित उपन्यास “प्रेमाश्रु”बारे प्रा. डा.गोविन्दमान सिंह कार्कीले समीक्षा गर्नुभएको थियो । कार्यक्रमलाई पुस्तकका सम्पादक विमल भौकाजीले स्वागत गर्दै “प्रेमाश्रु” उपन्यासको सम्पादनबारे आफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मदनदास श्रेष्ठ, अध्यक्ष राधेश्याम लेकाली, पुस्तक प्रकाशक संस्था भुँडी पुराण प्रकाशनका केशव पराजुली र कृतिकार शिव प्रधानले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
उपन्यासकार शिव प्रधानको “प्रेमाश्रु” चौथो कृति तथा दोस्रो उपन्यास हो ।
साहित्यिक पत्रकार प्रदीप सापकोटाले संचालन गर्नुभएको सो कार्यक्रममा समाजसेवी एवं गीतकार शोभित उप्रेती, साहित्यकारहरु पवन आलोक, डा. दामोदर पुडासैनी, शरद प्रधान, तारा सुवेदी, प्रगति राई, डीआर राई, ललिता दोषी, दुर्गा दृशि, दुर्गा किरण तिवारी, दिव्य गिरी, कपिल लोहनी, शरद प्रधान, वीरेन्द्र पाठक, राजबाबु श्रेष्ठ सागर, रुद्र अधिकारी, गणेश पराजुली, उषा जोशी, चन्द्र मादेन आन्छन, डी बी पालुङवा, कुमार कार्की, श्रीमती दुर्गा लिम्बू लगायतको उपस्थिति रहेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

