पत्रकार तथा लेखक क्रान्ति श्रेष्ठको नियात्रासङ्ग्रह हो ‘फुजीको शिखरमा नेपाली झण्डा’ । सङ्ग्रहमा शीर्ष नियात्रासहित ‘नारामा कोरिएको नेपाली अक्षर’, ‘सानो संसारभित्रको विशाल नेपाल’, ‘हाकोनेको कालो अन्डा’, ‘देशको चिनारी’, ‘नसुत्ने शहरको रमझम’, ‘झलझली आँखैमा नेपाल’, ‘डाँफे मुनाल नदेख्दा चस्किएको मन’, ‘कोरियामा पाएको नेपाली माया’, ‘नाङ्गिदाको रोमाञ्चकता’, ‘क्योतोः जहाँ म नेपाल देख्छु’, ‘नेपाली चङ्गा उडाउन सकसकाएका हातहरू’, ‘माछापुच्छ्रेबिनाको पोखरा’, ‘जोमसोमै बजारमा’ र ‘विश्वकपलाई नजिकबाट नियाल्दा’ गरी जापान तथा कोरिया यात्राका १५ संस्मरणहरू रहेका छन् ।
‘साहित्यको विद्यार्थीको हैसियतमा मैले लरबरिंदै नियात्रालाई अथ्र्याउने प्रयास गरें । जबाफ खस्नासाथ डा. वानीरा गिरिले अनुहार उज्यादै पार्दै मलाई हौस्याउन थाल्नुभयो – बल्ल मलाई नियात्राको बारेमा छर्लङ्ग भयो । तपाईंको पुस्तक सरसर्ती पढें । लेख्न पटक्कै नछोड्नुहोला ।’, भूमिकामा नियात्राकार श्रेष्ठ लेख्छन्, ‘वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले नियात्राको गोरेटोमा मलाई डोर्याइदिनुभयो । मैले लेखेको पहिलो नियात्रा ‘फुजीको शिखरमा नेपाली झन्डा’ मधुपर्क मासिकमा छापिदिनुभएपछि वास्तवमा नियात्रा लेखनीमा म हौसिएको थिएँ । जसलाई वरिष्ठ साहित्यकार विमल भौकाजीले शारदा मासिकमा छापिदिएर उत्प्रेरित गरिरहनुभयो । जसका फलस्वरूप मेरो फलस्वरूप मेरा नियात्राहरूले पुस्तकको स्वरूप लिन सफल भएको छ ।’
पुस्तकलाई साझा प्रकाशनले बजारमा ल्याएको हो । ७२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य १ सय ९० रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










