पहिचान पुरस्कार कोषले २०८० र २०८१ सालको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘‘ओ पेङ्दोर्जे !’ लाई प्रदान गर्नेभएको छ । मंसिर २८ गते बसेको कोषको बैठकले स्याङ्त्यानको कृतिलाई रू. ४,०२,००२ राशिको पहिचान पुरस्कार दिने घोषणा गरेको हो ।
‘ओ पेङदोर्जे !’ कवितासंग्रहले गोर्खा राज्य विस्तार हुनुअघि र गोर्खा राज्य विस्तार भएपछि आफ्नो पचिानको लागि रगत पसिना साथै जीवन आहुती दिने तामाङ जाति र अन्य भूइँ मान्छेहरुले खेपेको शोषणको बारेमा वताएको छ । उनको कविताहरुले आफ्नो पहिचान रक्षार्थकोलागि आन्दोलन, विद्रोह बोलेका छन् । विशेषतः तामाङ जातिको आदिवासी सौन्दर्य जगेर्ना गर्न सफल छ । साँस्कृतिक जागरणको आव्हान गर्दै आफ्नो पहिचान रक्षाको लागि आवाज बुलन्द गरिएका छन् ।
विषय, शिल्प, शैली, प्रस्तुति सबै दृष्टिकोणले कवितासङ्ग्रह ‘ओ पेङदोर्जे’लाई पहिचान पुरस्कार दिने घोषणा गरिएको संस्थापक नरेश काङमाङ राईले जानकारी गराउनुभयो ।
संस्थाले जनाए अनुसार, २०८१ साल चैत्र २३ गते भोजपुर जिल्लाको टेम्के मैयुङ गाउँ पालीका वार्ड नम्बर ४ को सुन्दर चखिया डाँडामा पुरस्कार वितरण गरिने छ । तीन साल अघिदेखि चखियामा पुरस्कार प्रदान गरिंदै आइएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।