गैरआवासीय नेपाली सङ्घको भाषा , साहित्य , संस्कृति तथा सम्पदा समितिको अनलाइन साहित्यिक कार्यक्रम ” प्रवासी प्रवाह ” को अठारौं शृङ्खला सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अथिति वरिष्ठ कवि मनु मन्जिलले साहित्यमा नयाँ नयाँ स्वरुप , बिम्ब र शैलीहरु आउँदै गर्दा मात्र यो परिस्कृत हुँदै जाने बताए । उनले प्रवासका नेपाली कवि , लेखकहरुले त्यहीँको नयाँ सामाग्री , बिम्ब र शैली नेपाली साहित्यमा भित्राउदा यो अझै सशक्त बन्दै जाने विचार व्यक्त गरेका थिए ।
प्रवासमा बसेर नेपाली साहित्य सृजना गर्दै संसारभर यसलाई फैलाइरहेकोमा मन्जिलले गैरआवासिय नेपाली साहित्यकारहरुको प्रसंशा गरेका थिए । उनले थप भने, “नेपाली साहित्य अनुवादका नाममा शब्द मात्र हैन लेखकको भावना पनि सँगसँगै अनुवाद हुनुपर्ने नत्र मन्दिर र मुर्ती सार्दा अर्को त्यस्तै मन्दिर त बन्ला तर ईश्वर नसर्ने हुन्छ ।”
आफ्नो चर्चित ” दुस्मन ” लगाएतका कविता उक्त अवसरमा कवि मन्जिलले वाचन गरेका थिए ।
उक्त अवसरमा प्रवासका कविहरु दक्षिण कोरियाका जीवन खत्री , बेलायतका वासु शर्मा , बेल्जियमकी यसु थापा र सउदी अरबका बिष्णु न्यौपाने परदेशीले साहित्यिक चर्चाका साथै आआफ्ना रचना वाचन गरेका थिए ।
भगवती बस्नेतले संचालन गरेकाे कार्यक्रममा नृपेश उप्रेतीले प्राविधिक संयोज रहेकाे थियो ।
यस शृङ्खलादेखि एनआरएन साहित्य लगायत इनेप्लिज डट कम र स्कट नेपाल डट कमबाट समेत कार्यक्रम लाइभ भएको थियो ।
कार्यक्रमको लिन्क यस प्रकार छः https://www.facebook.com/113289480362194/videos/891957254665210/
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला