कला घर जुम्लाको आयोजनामा चिसोमा तातो कर्णाली कविता कन्सर्ट हुने भएको छ ।

जिल्लाको सांस्कृतिक पहिचान जोगाउन र जिल्लामा रहेका लेखकहरुलाई प्रोत्साहन गर्न कविता कन्सर्टको आयोजना गरिएको हो ।

जिल्लामा रहेका करिब १० जना कविका कविताहरु फरक तरिकाले कार्यक्रममा वाचन हुनेछन् । मंसिर ३० जुम्ला सदरमुकाम स्थित कृष्ण मन्दिर परिसरमा कर्णाली कविता कन्सर्ट हुने भएको छ ।

जिल्लाको भाषा साहित्य संस्कृति कलाको संरक्षण गर्न र साहित्यकारहरुको पहिचान गर्न कार्यक्रमको आयोजना गरिन लागेको हो । कार्यक्रमको मञ्च जुम्लामा उत्पादित  सामाग्रीबाट सजावट गरिने छ भने विभिन्न सांगीतिक प्रस्तुति पनि हुनेछ।

जिल्लामा पहिलोपटक चिसोमा तातो कर्णाली कविता कन्सर्ट हुन लागेको हो