![](https://sahityapost.com/wp-content/uploads/2021/10/j.jpg)
पुन समुदायका कुलदेवता करबाकेली बाबाका विषयमा गाइएका दुई ओटा भजन सार्बजनिक गरिएको छ।
पुन समाज नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ‘करबाकेली बाबा, तिम्रै शरणमा छौं’ र ‘करबाकेली बाबाको आशीर्बाद’ शीर्षक भजन गीत सार्बजनिक गरिएको हो।
जी. पुन, बबिता पाख्रिन र दीपा तामाङको स्वरमा सजिएका भजनका सङ्गीतकार पनि जी. पुन नै हुनहुन्छ। गीतकार भने चिनबहादुर पुन र राधा पुन हुनुहुन्छ। भजनको म्युजिक भिडियो पनि बनाइएको छ। काफलडाँडामा छायाङ्कन गरिएको भिडियोका निर्देशक पनि जी. पुन नै हुनुहुन्छ।
भजनको संयोजन समाजसेवी चामबहादुर पुनले गर्नुभएको हो। भजन सार्वजनिक कार्यक्रममा समाजका उपाध्यक्ष राजु पनु, समाजसेवी चामबहादुर, गायक जी. पुन, साहित्यकार प्रभा बराल, पत्रकार अमृत भादगाउँले लगायतले सम्बोधन गर्नुभएको थियो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा करबाकेली बाबाको भव्य थान छ। थानमा करबाकेली बाबा, हिमला, फिमला, रामचन र कुलचनका पूर्ण कदका मूर्ति छ।
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)