सम्पूर्ण सान फ्रान्सिस्को बे एरियाबासी साहित्य, गीत र संगीत अनुरागीहरुको तर्फबाट गीतकार तथा गायक निर्मल फुयालको स्वास्थ्य लाभको कामना गर्दै, आर्थिक सहयोग पनि पुर्याउने उद्देश्यले हास्यव्यङ्ग्य कविता कन्सर्ट आयोजना गरिएको छ ।
कार्यक्रममा सान फ्रान्सिस्को बे एरियाका बहुसंख्यक बौद्धिक र सिर्जनसिल व्यक्तित्वहरुको उपस्थिती थियो।
संसारकै प्रसिद्व विश्वविद्यालय यु सी वर्कले समिपमा रहेको नर्थ वर्कले सिनियर सेन्टरमा आयोजित उक्त कार्यक्रममा उपस्थित सम्पूर्णले निर्मल फुयालले डायसफोरामा नेपाली गीत, संगीत र साहित्यको विस्तार र प्रवर्धनमा पुर्याएको योगदानको स्मरण गर्दै वहांको शिध्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । सबै सहभागी दर्शकहरुले आफुले सकेको सहयोग गर्नुभयो ।
निर्मल फुयाल प्रति समर्पित उक्त कन्सर्टको सुभारम्भ लक्ष्मी बैकुण्ठ नाथ मन्दिर, पिटिसबर्गका स्वामी अनन्त आचार्य महाराजले स्वस्ती वाचन गरेर शुरू गर्नु भएको थियो। डा. टिका लम्सालले व्यङ्ग्य कविता तर्फको होस्टिङ्ग गर्नुभएको भने टिका पुनले गीतको होस्टिंग गर्नुभएको थियो ।
उक्त कार्यक्रममा कवि अमर तमाङ्गले निर्मल फुयाल प्रति समर्पित कविता वाचन गर्नुभएको थियो । कार्यक्रमकी मुख्य आकर्षण गायिका ममता दिब्बिम हुनुहुन्थ्यो । उहाँका कालजयी गीतहरुले कार्यक्रमलाई जिवन्त बनाएको थियो। गीत र संगीत तर्फ निता आचार्य, लक्ष्मी खरेल र टलमान गुरुङले आफ्ना प्रस्तुती दिनुभएको थियो। त्यस्तै गरी व्यङ्ग्य कविहरु नबराज कार्की, प्रमोद अमात्य, बाबु आचार्य र नारायण भट्टराईले आ आफ्ना रचनाहरु वाचन गरेर कार्यक्रमलाई हास्य व्यङ्ग रसको उर्जाले सिञ्चित गर्नुभएको थियो। आफ्ना मधुर र हास्यरस युक्त अभिव्यक्ति द्वारा सबैलाई मन्त्रमुग्द बनाउने डा. लम्सालका हास्यव्यङ्ग्यात्मक किस्साहरुले कार्यक्रम भरिनै हाँसोको फोहरा छुटाएको थियो ।
सन् २००८ देखि निर्मल फुयाल यु एस एमा बसोबास गर्दै आउनुभएको छ । नेपाली साहित्य र संगितलाइ उहाँ खुबै माया गर्नु हुन्थ्यो । हाल निर्मल फुयालको स्वास्थ्य अवस्था निकै नाजुक छ। उहाँ आँखा देख्न सक्नुहुन्न र हिड्न पनि सक्ने अवस्थामा हुनुहुन्न् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।