काठमाडौँ । चर्चित कवि श्रवण मुकारुङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले फिल्म ‘दुःखी आत्मा’ का लागि विभिन्न शीर्षकका १० वटा कविता लेख्नुभएको छ ।

दीपेन्द्र लामा लिखित तथा निर्देशित ‘दुःखी आत्मा’ को पटकथा अनुसार कवि मुकारुङले रचेका ती कविता फिल्मभित्र सिच्युसन अनुसार राखिएको छ ।

मुकारुङका अधिकांश कविता ‘दुःखी आत्मा’ का प्रमुख अभिनेता दयाहाङ राई माथि फिचरिङ छ । क्लक वर्क क्रियसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राईलगायत कलाकार मुख्य भूमिकामा हुनुहुन्छ।

आलोक शुक्लाले खिचेको फिल्म भ्यालेन्टाइन्स डेको अवसरमा २ फागुनबाट प्रदर्शन हुँदैछ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ । फिल्मको हाल सम्पादन कार्य जारी छ ।

मुकारुङ माथि माथि शैलुङुगेमा, तिमी तारेभीर, राई माइलाले गाउँ छोड्यो रे.. जस्ता बहुचर्चित गीतका रचनाकार हुनुहुन्छ ।