सिस्नुपानी नेपाल मकवानपुर र साहित्य सङ्गम मकवानपुरले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै विसं २०८१ को “भैरव अर्याल स्मृति साहित्य सम्मान २०८१” वरिष्ठ हास्यव्यङ्ग्य लेखक रामकुमार पाण्डेलाई प्रदान गर्ने घोषणा गरेको छ ।

स्व. भैरव अर्यालका सुपुत्र दीपक अर्यालद्वारा स्थापित सो सम्मानमा २१ हजार १११ राशी रहेको छ ।
विज्ञप्तिमा जनाइए अनुसार सो पुरस्कार भैरव अर्याल प्रतिमास्थल पुस्पलाल स्मृति पुस्तकालयमा पुस १५ गते हेटौंडामा एक समारोहको आयोजना गरी समर्पण गरिनेछ ।