काठमाडाैं । सेन्ट जेभियर्स कलेजका प्राध्यापकद्वय खेम प्रसाईँ तथा देवेन्द्र पौडेलको रचना, वरिष्ठ संगीतकार महेश खड्काको संगीत तथा दिपक लिम्बू, रोजिना बस्नेतको मुख्य स्वर तथा सेन्ट जेभियर्स कलेजको उत्पादनमा पर्यावरणीय गीति सिर्जना धर्तीको गीत सार्वजनिक गरिएको छ ।
सेन्ट जेभियर्स कलेजका प्रिन्सिपल डा. अगस्टिन थोमस एस जे बाट जेभियर्स डे को अवसरमा यही मंसिर १८ गते भव्य समारोहका बीच सेता परेवा उडाएर पर्यासाहित्यसम्बन्धी धर्तीको गीत सार्वजनिक गरिएको हो ।
गीतमा विद्यार्थीहरुले नृत्यसमेत प्रस्तुत गरेको थियो ।
मानिस चेतनशील प्राणी हो । ज्ञान र विज्ञानको उच्चतम प्रयोगले यो धर्ती मानव जातिको मुठ्ठीमा छ । यो पृथ्वी मान्छेको मात्र होइन, यो प्राणी जगत सबैको हो । यहाँ रहेका जल, जङ्गल, जीवजन्तु, ढुङ्गामाटो सुरक्षित भए मात्र पृथ्वीको सौन्दर्य कायम रहिरहन्छ नत्र भावी पुस्ताका लागि बस्नलायक रहने छैन । मान्छेले आफुमा निहित चेतना र विवेकको सही प्रयोग गरेर पृथ्वीलाई बाँच्नलायक बनाउनु आजको आवश्यकता हो । यो पर्यावरणीय वैश्विक चेतना अहिलेको जल्दोबल्दो विषय पनि हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।