मकवानपुरका कवि मसान उपासकले चितवनमा कविता वाचन गर्नुभएको छ ।
सम्पूर्ण किताब नारायणगढले शनिबार आयोजना गरेको कार्यक्रममा कवि उपासकले एक दर्जन कविता प्रस्तुत गर्नुभयो । कवि उपासकलाई समालोचक उदय अधिकारीले खादा लगाएर स्वागत गर्नुभयो ।
त्यसलगत्तै कवि उपासकले कवितावाचनलाई अगाडि बढाउनु भयो । पहिलो कवितास्वरुप उहाँले ञजानू अघि सहरतिर शीर्षकको कविता सुनाउनु भयो । त्यसपछि ‘छोरीको नाममा’, ‘तिमीसँग’, ‘फर्कन चाहन्छु’, ‘विकास र देश प्रति’ शीर्षकका कविता पहिलो चरणमा सुनाउनुभयो ।
दोस्रो चरणमा ५ वटा र अन्तिममा धन्यवादसहित ‘असमयमै अस्ताएको घाम’ शीर्षकको एउटा कविता सुनाएर उपासकले कविता वाचनलाई समापन गर्नुभएको थियो । कार्यक्रममा कवि सुवास सजल र विमला कार्कीले कवि उपासकको कविता कर्मको चर्चा गर्नुभएको थियो । अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले कवि उपासकका कविता नोस्टाल्जिक बनाउने खालका भएको बताउनु भयो ।
कार्यक्रममा सागर तिमल्सिना, बैकुण्ठ लामिछाने, गौरी कँडेल, रचना शर्मा, रामकृष्ण अनायास, रक्षा घोरासैनी लगायतका मकवानपुर र चितवनका साहित्यकारहरूको उपस्थिति रहको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।