लोकप्रिय युवा कवि आर्यश साहित्यपोस्टमा नियमित स्तम्भ लिएर आउनुहुने भएको छ । ‘साताका सात कविता’को दोस्रो शृङ्खला लिएर कवि आर्यश साहित्यपोस्टमा पुनः आउनुहुने भएको हो ।
यो स्तम्भको पहिलो शृङ्खला पनि कवि आर्यशले नै प्रस्तुत गर्नुभएको थियो जुन एक वर्षअघि साहित्यपोस्टका लोकप्रियमध्येको एक स्तम्भ रहेको थियो ।
यो स्तम्भमा हरेक साता ७ जना लोकप्रिय कविका स्तरीय कविता प्रकाशन हुनेछ । ती कविताहरू काव्यविशेष दिन बिहीबार ‘साताका सात कविता’अन्तर्गत प्रकाशित हुनेछन् ।
हालसालै ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’ कवितासंग्रह प्रकाशनमा ल्याउनुभएका आर्यश सामाजिक सञ्जालमार्फत् त्यसअघि नै लोकप्रिय भइसकेका कवि हुनुहुन्छ ।
‘कवि आर्यश कवि मात्र होइन राम्रा कविताका पारखी पनि हुनुहुन्छ । यसअघि नै उहाँले आफ्नो सम्पादकीय क्षमता प्रदर्शन गरिसकेका कारण यो जिम्मेवारी लिन आग्रह गरेको हुँ ।’, प्रधानसम्पादक अश्विनी कोइरालाले भन्नुभयो,’सबै कविहरूसँग सम्बन्ध रहेको, राम्रा कविता छान्ने कला पनि भएकाले साताका सात कविताको जिम्मा पुनः आर्यशलाई दिन पाउँदा हाम्रो टिम खुशी छ ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।