काठमाडौं । नेपाल फिल्म सोसाइटीको १२ औं साधारण सभाबाट अभिनेता कृष्ण मल्ल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

कार्यसमितिको अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा नारायण प्रधान र तृतीय उपाध्यक्षमा राकेश खड्का निर्वाचित हुनुभएको छ ।

त्यसैगरी महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टङ्कनाथ पौडेल र कोषाध्यक्षमा शङ्करलाल श्रेष्ठ, सह कोषाध्यक्षमा दुर्गा बिशुराल निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा क्रमशः सुनिल कटुवाल, मदुकुमार श्रेष्ठ, गोपालकाजी कायस्थ, शिवहरि बैरागी, शर्मिला मल्ल, आरपी पन्त र सुभाष खड्का सर्वसम्मत चयन हुनु भएको छ ।

निर्वाचित हुनुभएको सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई एस एस फाउन्डेशनको तर्फबाट अध्यक्ष मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघको तर्फबाट अध्यक्ष राधेश्याम लेकाली, उप्रेती सेवा समाजका तर्फबाट कोषाध्यक्ष खेम उप्रेती र वस्याल – राउत फाउन्डेसन (अमेरिका) को तर्फबाट प्रतिनिधि हेम पाठकबाट बधाई पत्रसहित सम्मान गरियो ।

गीतकार एवं समाजसेवी शोभित उप्रेतीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा कलाकार, साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।