दार्जीलिङ । दार्जीलिङमा हरेक हिउँदमा किताबको कुम्भ मेला लाग्ने गरेको छ।
लोकल लाइब्रेरी अथरिटी ‘एलएलए ‘ जीटीए, दार्जीलिङको तत्त्वावधानमा हरेक वर्ष आयोजना हुने जिल्ला स्तरीय पुस्तक मेलाको यो वर्ष २९ औँ शृङ्खला दार्जीलिङमा २३ नोभेम्बरमा आरम्भ भएर २७ नोभेम्बर २०२४ का दिन सफलतापूर्वक समापन गरिएको जानकारी जिल्ला पुस्तकालय अधिकारी एवं एलएलए सचिव अमृत सुब्बाले एक विज्ञप्तिमार्फत् दिनुभएको छ ।
पुस्तक मेला प्रत्येक साल एलएलएकै विशेष पहलमा साहित्य एवं कला क्षेत्रको संवर्द्धनका लागि ‘दार्जीलिङ क्रिएटिभ फेस्ट’ ‘डीसीएफ’ को नाम दिएर साहित्यप्रेमी, कलाकार, चित्रकारहरूका लागि विविध कार्यक्रम आयोजना हुने गरेको छ।
२३ नोभेम्बरका दिन उद्घाटन समारोहमा श्री अञ्जुल चौहान, अध्यक्ष, जीटीए प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने सञ्चवीर लिम्बु, उप(कार्यपाल, जीटीए एवं सुदेन छिरिङ भूटिया, डब्ल्युबीसीएस ‘एग्ज्युकेटिभ’, सचिव(जीटीए} अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । भाष्कर मोक्तान, डब्ल्युबीसीएस ‘एग्ज्युकेटिभ’, कार्यकारी निर्देशक – पुस्तकालय सेवा विभाग, जीटीएस दिपेन ठकुरी, अध्यक्ष–दार्जीलिङ नगरपालिकाका अमृत सुब्बा, जिल्ला पुस्तकालय अधिकारी, दार्जीलिङकी विनिता खम्बू राई, सदस्य, पुस्तकालय सेवा विभाग, जीटीए , सोनाम डोमा भूटिया, डीएमईईओ, क्रमैले अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
स्थानीय क्यापिटल हलस्थित पुस्तक मेलाको समारोहस्थलमा दार्जीलिङ क्रिएटिभ फेस्टअन्तर्गत आयोजित विमर्श कार्यक्रम ‘नेपाली साहित्य ‘हिजो र आज’ मा केवल चन्द्र लामा, उदय थुलुङ र पल्लविब राई वक्ताका रूपमा सहभागी बन्नुभयो सहजकर्ताको भूमिका विनोद प्रधानले गर्नुभएको थियो । अर्को विमर्श कार्यक्रम ‘नेपाली भाषा सङ्कटमा ’ डा. टेकबहादुर छेत्री, टीका भाई, सूरज गुरुङ वक्ताका रूपमा सहभागी हुनुभयो भने सहजकर्ताको भूमिकामा राजा पुनियानी हुनुहुन्थ्यो । अन्तिम विमर्श कार्यक्रम ‘निउ एज मिडिया र पठन संस्कृति’ मा विमल राई, डा. खिलानाथ शर्मा, विनोद प्रधान वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो ,सहजकर्ताको भूमिका बबिता मादेनले निर्वाह गर्नुभएको थियो ।
स्कूल र कलेज स्तरका विद्यार्थीहरूलाई केन्द्रित गरी ‘मानव तस्करीको रोकथाम’ कार्यशाला सम्पन्न । यो कार्यशाला जोहन छेत्रीले सञ्चालन गर्नुभएको थियो । अर्को कार्यशाला ‘सृजनात्मक लेखन’ डा. राजकुमार छेत्री र सिर्जना सुब्बास ले सन्चालन गर्नुभएको थियो ।
विद्यार्थी केन्द्रित अर्को प्रतियोगितामा कविता प्रतियोगिता र वाक्पटुता ‘एक्सटेम्पोर’ प्रतियोगिता आयोजना भएको थियो । स-साना नानीहरूका लागि बस र चित्र बनाऊ प्रतियोगिता पनि आयोजना गरिएको थियो। यी प्रतियोगिताका विजयी एवं सहभागी विद्यार्थीहरूलाई आयोजक पक्षको तर्फबाट प्रमाण पत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरिएको थियो ।
समारोहमा स्थानीय लेखकहरूलाई सहयोग र प्रवर्द्धन गर्दै पुस्तक विमोचनका सत्रहरू पनि राखिएका थिए, जसमा डा.विशाल गोलेको अङ्ग्रेजी कथा सङ्ग्रह ‘द नाइन’, भक्तराज सुनुवार ‘मुखिया’ को अनुवाद सङ्ग्रह ‘इन्दु र अन्य कथाहरू’, आशा मुखिया लामाद्वारा सम्पादित ‘मेरो जन्मथलो अनि कर्मथलोको कथा’ र ‘भाषा परिसंवाद समसामयिक विमर्श’ लोकार्पित गरिएको थियो ।
मेलामा पुस्तकको किनबेच विविध साहित्यिक(सांस्कृतिक एवं विद्यार्थी केन्द्रित कार्यक्रमहरूको समानान्तर आयोजन रहेकोले गर्दा साहित्यप्रेमी जनगण साथै विद्यार्थीहरूको व्यापक उपस्थिति रहेको थियो। लगभग ३५ वटा भारत एवं नेपालका विभिन्न प्रकाशन संस्था एवं पुस्तक विक्रेताहरूको सहभागिता रहेको यस पाँचदिने पुस्तक मेलामा दार्जीलिङ एवं संलग्न इलाकाबाट ७ हजारभन्दा बढ़ी पुस्तकप्रेमीहरूको आगमन भएको थियो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।