नेपालभाषा साहित्यका नारी स्रष्टाहरुको संस्था मिसा साहित्यकार मुनाले एकसाथ चार लघुकथाकृति सार्वजनिक गरेको छ ।
ललितपुरको कोपुण्डोलस्थित साटोआकि भवनको सभाकक्षमा आयोजित सो समारोहमा स्रष्टाहरु समान्त श्रेष्ठको ‘मयजुकल डटकम, माणिक उरायको ‘जि म्वानाच्वनागु दनि, रामेश्वर जलनको ‘बाखं कि प्याखं’ र दिव्या बज्राचार्यको ‘चिग्वः मल्ताको’ सार्वजनिकी गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कथाकार धु्रव मधिकर्मीले साहित्य लेखनमा स्रष्टाहरुको अग्रसरता उत्साहप्रद भएको बताउँदै साहित्यिक संस्थाहरुले पाठकसम्म स्रष्टाहरुलाई पु¥याउन पनि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
लघुकथाकार तथा प्राज्ञ अगीब बनेपालीले प्रज्ञाप्रतिष्ठानले संस्थाहरुसित सहकार्य गरेर साहित्यलाई अगाडि बढाउन चाहेको बताउनुभयो ।
कवयित्री प्रतिसरा साय्मीले स्रष्टाहरुलाई शुभकामना दिँदै मिसा साहित्यकार मुनाले स्रष्टाहरुको लागि राम्रो काम गरेको बताउनुभयो ।
समीक्षक सुधीर ख्वबिले रचनामा समाजका विविध पक्षलाई उतार्ने प्रयास छ भन्नुभयो ।
कार्यक्रमका सभापति मुनाका अध्यक्ष विमलप्रभा बज्राचार्यले नारीहरुको संस्था भए पनि यसले समग्र साहित्यको विकासका लागि कार्य गरिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा चारैजना स्रष्टाहरुले आआफ्ना कृतिबाट एउटा एउटा लघुकथा वाचन गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।