साहित्यपोस्ट
चर्चित कवि तीर्थ श्रेष्ठको एकल मुक्तक वाचन कार्यक्रम हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण जुमका माध्यमबाट हुने उक्त मुक्तक कार्यक्रम भदौ २७ गते शनिबार हुनेछ ।
पोखरा बसेर साहित्य र संस्कृतिको सेवामा निरन्तर जुटिरहनुभएका कवि श्रेष्ठका मुक्तक र कविताका आधा दर्जन पुस्तक प्रकाशित छन् । कविता र मुक्तकका दर्जन बढी एकल वाचन गरिसकेका कवि श्रेष्ठले हङकङ र युरोपमा समेत एकल मुक्तक र कविता वाचन गरिसक्नुभएको छ ।
ग्लोबल कन्सल्ट, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वि २ , होलिष्टिक माइन्ड एण्ड लाइफ सेलिब्रेसन सेन्टर र कानेखुसी मिडियाको आयोजनामा हुने उक्त कार्यक्रममा करिब पचास वटा मुक्तक वाचन गरिने कवि श्रेष्ठले जानकारी दिएका छन् ।
कार्यक्रमलाई फेसबुक, युट्युबलगायतबाट प्रत्यक्ष प्रशारण गरिने ग्लोबल कन्सल्टका प्रबन्ध निर्देशक एवं कार्यक्रम संयोजक भोजराज न्यौपानेले बताए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।