सिद्धार्थ तथागत कला साहित्य संस्थानको आयोजनामा इटवा बजार,सिद्धार्थनगर भारतमा अन्तर्राष्ट्रिय स्तरमा भाषा, साहित्य र कलाको क्षेत्रमा काम गर्ने नेपालका तीन कवि आकाश अधिकारी, दिवाकर भट्टराई र रामबाबु दाहाल अन्तर्राष्ट्रिय तथागत सिर्जना सम्मान २०२४ वाट सम्मानित हुनुभएको छ।
नोभेम्बर १० तारीख अर्थात् सिद्धार्थ तथागत कला साहित्य संस्थानको नवौँ वार्षिक समारोहको अवसरमा देश तथा विदेशमा रहेर भाषा, साहित्य र कलाको क्षेत्रमा काम गर्ने नेपालका तिन जना साहित्यकार सम्मानित हुनुभएको छ। सम्मानित हुने सर्जकहरूको सूची गत वर्ष नै सार्वजनिक गरिएको थियो।
इटवा बजार सिद्धार्थनगर भारतमा आयोजित एक कार्यक्रमका बीच सम्मानपत्र तथा पुरस्कार हस्तान्तरण गरिएको छ। साहित्यकार, चित्रकार डा राजेन्द्र परदेशीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि अमालेन्दुनाथ मिश्र, साहित्यकार एवं माननीय डा.रेखा यादव तथा भारतका विभिन्न प्रदेशहरूबाट सय बढी साहित्यकार, पत्रकार, समाजसेवीको उपस्थित रहेको थियो।
अतिथि सांसद डाक्टर रेखा यादवले द्वीप प्रज्वलन गरी कार्यक्रममको उद्घाटन गर्दै सिद्धार्थ गौतम बुद्धको जन्म नेपालमा भएको र बुद्धत्व भारतमा प्राप्त भएकोहुँदा यस संस्थाले नेपाल र भारत बीच सेतुको काम गरेको चर्चा गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।