काभ्रे । कवि सूर्य लाकोजूको कृति ‘घामको पर्खाल’माथि एक समारोहका बीच परिचर्चा गरिएको छ ।
कवि लाकोजूको उक्त कृतिमाथि समालोचकीय मन्तव्य राख्दै समालोचक श्रीहरि फुयालले लाकोजूको कवितालेखन प्रतिभा अद्वितीय रहेको बताउनुभयो । उहाँले मानवीय संवेदना र यथार्थबोधी भावनाले युक्त कविताहरू समेटिएको कवितासङ्ग्रह नेपाली साहित्यको पठनीय कृति भएको विचार व्यक्त गर्नुभयो । त्यस्तै, सूर्यका कविता सरल देखिए तापनि त्यसभित्र गाम्भीर्य हुनु उहाँको विशेषता भएको मत राख्नुभयो ।
अर्का वक्ता विजयद्वज थापाले लाकोजूका कविता बलशाली रहेको बताउनुभयो । उहाँले सूर्यको उज्यालो निक्कै पर पुगेको बताउँदै अब काव्य सिर्जनामा लाग्न लाकोजूलाई सुझाव पनि दिनुभयो ।
कार्यक्रममा साहित्यकार मदन नेपाल, नवराज पोखरेललगायतले मन्तव्य राख्नुभएको थियो । सङ्ग्रहमा सङ्ग्रहित कविताहरूमध्येबाट कवि सुभद्रा अधिकारी, पूर्ण श्रेष्ठ, मीना चौलागाइँ, उत्तम विचार, लव खड्काले एक एक कविता वाचन गर्नुभएको थियो ।
कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक तथा अनुवाद विधामा कलम चलाउँदै आउनुभएका लाकोजूका तीन दर्जनभन्दा बढी साहित्यि कृतिहरू प्रकाशित छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० पुष २०८२, बुधबार 







